क्यानडामा थारु हस्तकला प्रदर्शनी (फोटो फिचर)

घोराही, २४ असोज । थारु समुदायको परम्परागत हस्तकला क्यानडामा प्रदर्शनी गरिएको छ । थारु समुदायको मौलिक कला, संस्कृतिको बारेमा अन्तर्राष्ट्रिय स्तरसम्म प्रचारप्रसार गर्ने उद्देश्यले क्यानडामा थारु हस्तकलाको प्रदर्शनी तथा विक्रिवितरण गरिएको थारु अराउण्डका अध्यक्ष महाविर चौधरीले जानकारी दिए । उनका अनुसार दुइदिनमा धेरै महत्वपुर्ण व्यक्तिहरुले थारु समुदायको मौलिक कला, संस्कृतिको बारेमा जानकारी लिनुको साथै सयौं मानिसहरुले थारु हस्तकला तथा थारु चित्रकलाको अवलोकन गरेकाथिए ।


दुइदिनसम्म चलेको प्रदर्शनीमा ७५ हजार भन्दा बढिको थारु हस्तकला विक्रि भएको थारु अराउण्डका अध्यक्ष चौधरीले दंगीशरण खवर डटकमलाई जानकारी दिए । उनका अनुसार नेपलाबाट लगिएका सवै थारु हस्तकलाहरु विक्रि भएको तर पेन्टिङ गरिएका थारु चित्रकलाहरु भने कममात्रमा विक्रि भएको छ ।
क्यानडामा प्रदर्शनीमा राखिएका थारु हस्तकला तथा थारु चित्रकला को केहि तस्विरहरुः

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित