क्यानडामा थारु हस्तकला प्रदर्शनी (फोटो फिचर)

घोराही, २४ असोज । थारु समुदायको परम्परागत हस्तकला क्यानडामा प्रदर्शनी गरिएको छ । थारु समुदायको मौलिक कला, संस्कृतिको बारेमा अन्तर्राष्ट्रिय स्तरसम्म प्रचारप्रसार गर्ने उद्देश्यले क्यानडामा थारु हस्तकलाको प्रदर्शनी तथा विक्रिवितरण गरिएको थारु अराउण्डका अध्यक्ष महाविर चौधरीले जानकारी दिए । उनका अनुसार दुइदिनमा धेरै महत्वपुर्ण व्यक्तिहरुले थारु समुदायको मौलिक कला, संस्कृतिको बारेमा जानकारी लिनुको साथै सयौं मानिसहरुले थारु हस्तकला तथा थारु चित्रकलाको अवलोकन गरेकाथिए ।


दुइदिनसम्म चलेको प्रदर्शनीमा ७५ हजार भन्दा बढिको थारु हस्तकला विक्रि भएको थारु अराउण्डका अध्यक्ष चौधरीले दंगीशरण खवर डटकमलाई जानकारी दिए । उनका अनुसार नेपलाबाट लगिएका सवै थारु हस्तकलाहरु विक्रि भएको तर पेन्टिङ गरिएका थारु चित्रकलाहरु भने कममात्रमा विक्रि भएको छ ।
क्यानडामा प्रदर्शनीमा राखिएका थारु हस्तकला तथा थारु चित्रकला को केहि तस्विरहरुः

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित