अलामलाई अनुसन्धानका लागि थप ८ दिन म्याद


कात्तिक, ८ रौतहट । राजपुर बमकाण्डका आरोपी नेपाली काँग्रेसका निलम्बित सांसद् तथा पूर्व मन्त्री मोहम्मद आफ्ताब आलमलाई अनुसन्धानका लागि अदालतले थप ८ दिन म्याद थपेको छ ।

थप अनुसन्धानका लागि प्रहरीले समय मागेपछि यसअघि असोज २८ मा अदालतले एक साता म्याद थप गरेको थियो । थपिएको म्यादमा पनि अनुसन्धान नसकिएको भन्दै प्रहरीले समय मागेपछि जिल्ला अदालत, रौतहटका न्यायाधीश उमानाथ गौतमको इजलासले थप ८ दिन म्याद प्रदान गरेको हो ।
१२ वर्षअघि ०६४ चैत २७ गते राजपुरमा बम विस्फोट गराएको अभियोगमा आलमलाई गत २६ असोजमा प्रहरीले पक्राउ गरेको थियो ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित