डेँगु नियन्त्रणका लागि दंगीशरणमा सचेतना


दिप्तीशिखा चौधरी
दंगीशरण,२७ भदौ । ईलाका प्रहरी कार्यालय हेकुलीले दंगीशरण गाउँपालिकाका जेष्ठ नागरिककहरुलाई डेँगु रोगको बारेमा जानकारी दिइएको छ । शुक्रबार दंगीशरण गाउँपालिकामा आयोजित एक कार्यक्रमका बिच प्रहरीले देशब्यापी रुपमा फैलीएको डेँगुबाट सजक हुन आग्रह गरेको हो । प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत जेष्ठ नागरीकहरुलाई लक्षीत गर्दै इलाका प्रहरी कार्यालय हेकुलीले जेष्ठ नागरिकहरुलाई प्रशिक्षणात्मक कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा डेंगु कसरी लाग्छ, डेँगु सर्ने तरीका , डेंगु रोगका लक्षण लगायतका विषयमा जानकारी गराइएको थियो ।
कार्यक्रममा प्रहरी सहायक निरीक्षक शुन्दर राम थारु, हेकुली स्वास्थ्य चौकिका अहेव बासुदेव चौधरीले प्रशिक्षण दिएका थिए । सो अवसरमा जेष्ठ नागरीकहरुले दंगीशरणबासीलाई डेंगु बाट बेलैमा सजक बनाउँन अभियान चलाउँन आग्रह गरेका थिए । सो अवसरमा जेष्ठ नागरिकका अध्यक्ष टिका बहादुर डांगीले जेष्ठ नागरिकलाई बेलैमा जानकारी दिएको भन्दै अव डेँगु नियन्त्रणलाई अभियानकै रुपमा संचालन गर्नुपर्ने बताए । जेष्ठ नागरीकहरु हरेक रोगबाट बढि प्रभावित हुने गरेको भन्दै यसका बारेमा पनि सजक हुनुपर्ने बताए ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर १ गते दाङको घोराहीबाट स्थापना भएको यस पत्रिकाले थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनलाई मुख्य उद्देश्य बनाउँदै आएको छ। स्थापनाकालदेखि निरन्तर प्रकाशन हुँदै आएको अग्रासनले थारू समुदायका भाषा, संस्कृति, परम्परा, अधिकार तथा समसामयिक विषयलाई प्राथमिकताका साथ उठाउँदै आएको छ।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित