डेँगु नियन्त्रणका लागि दंगीशरणमा सचेतना


दिप्तीशिखा चौधरी
दंगीशरण,२७ भदौ । ईलाका प्रहरी कार्यालय हेकुलीले दंगीशरण गाउँपालिकाका जेष्ठ नागरिककहरुलाई डेँगु रोगको बारेमा जानकारी दिइएको छ । शुक्रबार दंगीशरण गाउँपालिकामा आयोजित एक कार्यक्रमका बिच प्रहरीले देशब्यापी रुपमा फैलीएको डेँगुबाट सजक हुन आग्रह गरेको हो । प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत जेष्ठ नागरीकहरुलाई लक्षीत गर्दै इलाका प्रहरी कार्यालय हेकुलीले जेष्ठ नागरिकहरुलाई प्रशिक्षणात्मक कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा डेंगु कसरी लाग्छ, डेँगु सर्ने तरीका , डेंगु रोगका लक्षण लगायतका विषयमा जानकारी गराइएको थियो ।
कार्यक्रममा प्रहरी सहायक निरीक्षक शुन्दर राम थारु, हेकुली स्वास्थ्य चौकिका अहेव बासुदेव चौधरीले प्रशिक्षण दिएका थिए । सो अवसरमा जेष्ठ नागरीकहरुले दंगीशरणबासीलाई डेंगु बाट बेलैमा सजक बनाउँन अभियान चलाउँन आग्रह गरेका थिए । सो अवसरमा जेष्ठ नागरिकका अध्यक्ष टिका बहादुर डांगीले जेष्ठ नागरिकलाई बेलैमा जानकारी दिएको भन्दै अव डेँगु नियन्त्रणलाई अभियानकै रुपमा संचालन गर्नुपर्ने बताए । जेष्ठ नागरीकहरु हरेक रोगबाट बढि प्रभावित हुने गरेको भन्दै यसका बारेमा पनि सजक हुनुपर्ने बताए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित