दंगीशरणमा थप १३ बेड थपियो, क्वारेन्टाईनमा भर्ना हुनेको संख्या ६ पुग्यो

दंगीशरण,४ बैशाख । दंगीशरण गाउँपालिकाले १३ बेड थप गरिएको छ ।

जिल्लाबाहिरबाट मानीसहरु भित्रिन थालेपछि १३ बेडको क्वारेन्टाईन थप गगर्रिको दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले जानकारी दिए । उनका अनुसार १३ बेडको क्वारेनटाईन निर्माण पछि अहिले दंगीशरण गाउँपालिका २३ बेडको क्वारेनटाईन निर्माण भएको छ ।

दंगीशरण ३, हेकुली स्थित विरेन्द्र माध्यमिक विद्यालयमा निर्माण भएको क्वारेन्टाइनमा आइतबार थप दुइ जनालाई राखिएको छ । दुई जना थपिएपछि अहिले दंगीशरण क्वारेन्टाईनमा ६ जना रहेका छन् ।

शनीबार मात्र दुई जनालाई क्वारेन्टाईनमा राखिएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त पौडेलले जानकारी दिए । सल्यानबाट दंगीशरण गाउँपालिका वडा न.३ मा आफन्तको घरमा आएकि सल्यान कुमाख गाउँपालिकाबाट आएकि ४० बर्षिय एक महिला र दंगीशरण गाउँपालिका वडा न. ५ का ५८ बर्षका एक पुरुष बाहिरी जिल्लाबाट आएपछि उनीहरुलाई क्वारेन्टाईनमा राखिएको हो ।

दिप्तीशिखा चौधरी

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित