दाङको पाँच मतदान केन्द्रमा मतदान अधिकृतदेखि सुरक्षा कमान्डमा सबै महिला

भोली हुन गइरहेको स्थानीय निर्वाचनको लागि दाङको पाँच मतदान केन्द्रमा मतदान अधिकृत देखि सबै कर्मचारी पनि महिलालाई जिम्मेवारी दिइएको छ । त्यसैगरी महिलाले नेतृत्व गरेका पाँचै मतदान केन्द्रको सुरक्षा पनि महिलाले नै कमाण्डमा हुने भएको छ ।

जिल्लामा १ सय ५३ मदतादन स्थल र ४ सय ६१ मतदान केन्द्र तोकिएका छ । यी मध्ये घोराही, तुलसीपुर र लमहीको तीन मतदालन स्थलमा ५ मतदान केन्द्रमा महिलाको कमाण्डमा सवै महिलालाई मात्र जिम्मेवारी दिइएको प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुख गेहेन्द्र कँवरले जानकारी दिए ।

उनका अनुसार घोराही १६ प्रविक सानी अम्वापुर (क) मा सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनको नेतृत्वमा गुप्ताकुमारी अधिकारी, रिता लामा, ललिता यादव र सरस्वति घतीलाई जिम्मेवारी दिइएको छ । यस्तै सोहि विद्यालयको (ख) मा घोराही उपमहानगर कार्यालयकी महिला अधिकृत मोति विश्वकर्माको नेतृत्वमा विमलाकुमारी पोख्रेल, मन्जु देवकोटा, अनिता सुवेदी र विष्णुकुमारी चौधरीलार्य जिम्मेवारी दिएको छ ।

यस्तै सोहि विद्यालयको (ग) मा प्रतिभा बगोटीको नेतृत्वमा रामकुमारी मरासिनी, देवा केसी कालिका अधिकारी र भुमा वली रहुनुभएको छ । यसैगरी तुलसीपुर ५ स्थित अनरीको मैदान (घ) मा माया श्रेष्ठको नेतृत्वमा सावित्रीकुमारी गौतम, झरना बुढा मगर, कमला राबत र रिता रिजाल रहेको कार्यालयले जनाएको छ । यस्तै लमही ५ स्थित संझना शर्माको नेतृत्वमा रजनी रोकाय , सुशीला शाह, पुजा केसी र विष्णुकुमारी चौधरी रहेकाछन् ।

यसैविच महिला कर्मचारी मात्रै भएको मतदान स्थालमा पनि महिलालाई खटाउने तयारी भइरहेको दाङका प्रहरी पमुख एसपी सुरेशप्रासद काफ्लेले हिमाल खवरलाई जानकारी दिए । उनले महिला नेतृत्वलाई नमुना र उदाहरणिय बनाउनको लागि विगत बर्षदेखि महिला मैत्री बनाउदै आएको बताए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित