घोराही, १ पुस । नेपाल पत्रकार महासंघ दाङले आफ्नो २७ औं स्थापना दिवसको अबसरमा पाँच बर्षकालागि फ्रि वाईफाई सेवा प्रदान गरेको छ । महासंघ वरपर सबैका लागि काम लाग्ने गरी वर्डलिंकसँगको समन्वयमा पाँच वर्ष फ्रि वाईफाई सेवा प्रदान गरेको हो । पुस १ गतेदेखि उक्त सेवा सूचारु भएको महासंघ दाङका सचिव भुपेन्द्र प्रकाश वलीले जानकारी दिए । यो सेवा अन्तगर्त एक दिनमा एउटा मोबाइलमा तीन घण्टासम्म फ्रि वाईफाई सेवा लिन सकिनेछ । वर्डलिंक कम्युनिकेशन घोराहीका प्रमुख आकाश सापकोटा र नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सविन प्रियासनबीच फ्रि वाईफाईको विषयमा सहमति भएको हो । यस अगाडी पनि वर्डलिंकले पत्रकार महासंघलाई दुईवर्ष बढि फ्रि वाईफाई सेवा उपलव्ध गराएको थियो । यसैबीच महासंघमा फ्रि वाईफाईको व्यवस्था गर्नका लागि भूमिका खेल्ने वर्डलिंक घोराहीका प्रमुख आकाश सापकोटा र वर्डलिंक परिवारप्रति पत्रकार महासंघले धन्यवाद ज्ञापन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्
संबन्धित समाचार
-
१६ भाद्र २०७७, मंगलवार १६:४०
थारु भाषा मानकताके बहस
-
२८ मंसिर २०७६, शनिबार २२:०४
महासंघले स्थापना दिवस मनाउने
-
४ कार्तिक २०७६, सोमबार १४:५०
तिथी बिगारेको भन्दै नेवार समुदायले गरे पात्रो बहिष्कार
-
२ बैशाख २०७७, मंगलवार १५:४३
लकडाउन बैशाख १५ गतेसम्म
-
३ पुष २०७८, शनिबार ०८:१८
कहिले नमेटिने श्रद्धाका डोवहरु
-
२० फाल्गुन २०८०, आईतवार २०:५८
थारु भाषा थारुन्हक् पहिचान होः नगरप्रमुख चौधरी