ट्राफिक प्रहरीलाई उपमहानगरपालिकाद्धारा मोटरसाइकल सहयोग

घोराही, १७ असोज । घोराही उपमहानगरपालिकाले ट्राफिक प्रहरी कार्यालयलाई मोटरसाइकल सहयोग गरेको छ । बजार व्यवस्थापनमा सहजता ल्याउनका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङलाई उपमहानगरपालिकाले एक थान मोटरसाईकल उपलब्ध गराएको हो ।

बजाज कम्पनीको एक सय ५० सिसिको मोटरसाईलक शुक्रवार एक कार्यक्रम आयोजना गरेरे उपमहानगरले ट्राफिक प्रहरी कार्यालयलाई हस्तान्तरण गरेको हो । नगर प्रमुख नरुलाल चौधरी, उपप्रमुख सीता सिग्देल न्यौपाने र प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसीले संयुक्त रुपमा ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रेमप्रसाद रेग्मीलाई मोटरसाईकलको साँचो हस्तान्तरण गरेकाथिए ।

नगर प्रमुख चौधरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत नगर क्षेत्रको ट्राफिक व्यवस्थापनमा सहयोग पु¥याउने उदेश्यले प्रहरीलाई मोटरसाईकल उपलब्ध गराईएको बताएमा थिए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित