प्रदेश ५ को पर्यटन किासका लागि प्रदेश सरकार प्रतिबद्ध: मुख्यमन्त्री पोख्रेल

कोहलपुर, ११ असोज । मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेश ५ को पर्यटन किासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएकाछन् । नेपाल पत्रकार महासंघ प्रदेश ५ ले शुक्रबार बाँकेको बैजनाथ गाउँपालिकाको गाभर भ्याली होमस्टेमा आयोजना गरेको पर्यटन प्रबद्र्धनमा सञ्चारकर्मीको भूमिका विषयक कार्यक्रममा मुख्यमन्त्री पोख्रलले सम्बोधन गर्दै उक्त कुरा बताएका हुन ।

मुख्यमन्त्री पोख्रेलले पर्यटन क्षेत्रको विकासको लागि प्रदेश सरकार गम्भिर रहेको बताउँदै पर्यटन क्षेत्रलाई बिस्तार गरिरहेको बताएकाथिए । यसैगरि उनले संस्कृति र प्रकृति सहित होमस्टे निर्माण गर्नसके पर्यटकहरुको रोजाई बन्ने बताउदै पर्यटनको विकासका निम्ति स्थानिय कला, संस्कृति र कृषिसंग जोड्न सकेमा स्थानियहरुलाई आयआर्जनमा पनि सहयोग पुग्ने बताएकाथिए ।

यसैगरि पर्यटनको बिकासको लागि संचार क्षेत्रको महत्वपूर्ण भुमिका हुनेभएकोले सञ्चार क्षेत्रले यसको प्रचार प्रसारमा विशेष ध्यान दिन आवश्यक रहेको बताएकाथिए । उनले भने,-‘ विश्वमै वन्यजन्तु नजिकबाट अवलोकन गर्ने स्थान बर्दिया राष्ट्रिय निकुञ्ज भएको उल्लेख गर्दै यसको हुनु पर्ने जति प्रचार हुन नसकेको कारण यसको फाईदा उठाइरहेकाछन् ।’


महासंघकी उपाध्यक्ष दिपा पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा बाँके क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य नन्दलाल रोकाय, बैजनाथ गाउँपालिका अध्यक्ष मानबहादुर रुचाल ठकुरी, नेपाल उद्योग वाणिज्य महासंघका सदस्य कृष्णप्रसाद श्रेष्ठ, होटल व्यवसायी महासंघ बाँकेका अध्यक्ष भीमलाल कँडेल, गाभर भ्याली होमस्टेका अध्यक्ष कृष्णलाल चौधरीले लगायतले बोलेकाथिए ।
नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष ठाकुर सिंह थारुको स्वागत मन्तव्यबाट सुरु भएकोको कार्यक्रमको सहजिकरण महासंघका महासचिव भेषराज बस्नेतले गरेकाथिए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित