माघ महोत्सवको तयारी तिब्र, महोत्सवलाई ऐतिहासिक बनाउने मटावाहरुको निर्णय

थारु कल्याणकारिणी सभा दाङको आयोजनामा घोराहीमा हुन गइरहेको माघ महोत्सवको तयारीलाई तिब्रता दिइएको छ ।

घोराहीमा भेला भएका मटावाहरुले महोत्सवको बारेमा छलफल गर्दै

‘आर्थिक जागरण व साँस्कृतिक रुपान्तरण हमार अभियान, सामाजिक न्याय सहितक संमृद्धिम हमार योगदान’ भन्ने मुख्य नारा सहित यहि पुस २२ र २३ गते आयोजना हुन लागिएको महोत्सवलाई भब्य र सभ्य बनाउनका लागि तयारीलाई तिब्रता दिएको हो ।

थारु संघ सस्थासंग भेटघाट तथा छलफल, आर्थिक संकलनसंगै प्रचारप्रसार अभियानलाइ तिब्रता दिएको महोत्सव मुल आयोजक समितिका संयोजक भुवन चौधरीले जानकारी दिए ।

यसैविच मंगलबार मटावा महासंघसंग वृहत अन्तरक्रिया गरिएको उनले बताए । मटावा महासंघ दाङका अध्यक्ष चन्द्रप्रसाद चौधरीको अध्यक्षता तथा थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष भुवन चौधरीको प्रमुख आतिथ्यमा बसेको बैठकले माघ महोत्सवमा प्रत्यक गाउँ गाउँबाट थारु भेषभुषा सहित थारु सस्कृति झल्किने झाँकी सहित सहभागि हुने निर्णय गरेका छ ।

त्यस्तै माघमा गाइने गीत ढुम्रु गीत युवाहरुलाई सिकाउने, पुस २० गते मन्ठोर्‍य मा ६ बजे ढुम्रु गीत गाउने र गाउँ गाउँ महोत्सवको प्रचारप्रसार गर्ने निर्णय भएको महासंघका अध्यक्ष चौधरीले जानकारी दिए । यसैगरि महत्सवलाई ऐतिहासिक बनाउनको कम्तिमा पनि एक गाउँबाट एकवटा मघौटा नाच लिएर महोत्सवमा सहभागिता जनाउने निर्णय भएको उनले बताए ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित