कमलरी प्रथामा बनेको चलचित्र ‘लावाजुनी’ युट्युबमा रिलिज (हेर्नुहोस् चलचित्र)

घोराही, १६ जेठ । विगतमा पश्चिम नेपालको थारु समुदायमा प्रचलनमा रहेको कमलरी प्रथामा बनेको चलचित्र लावाजुनी विहिबार युटुवमा रिलिज भएको छ । सञ्चारकर्मी केएल पीडितले निर्माण/निर्देशन गरेको यो चलचित्र उत्सर्ग नेपालको युटुब च्यानलबाट रिलिज भएको हो ।

२०७५ सालमा निर्माण भएको चलचित्र ‘लावाजुनी’ले कमलरी प्रथाको शिकार भएका थारु बालिकाहरुको कथाव्यथा र मुक्तिको आकांक्षालाई मूल विषय बनाएको छ । चलचत्रिमा छबिलाल कोपिला, ज्वाला खतिवडा, अनिता महतारा, सुशीला चौधरी, वर्षा लम्साल, सुप्रिया देवकोटा, निश्मा वली लगायतका कलाकारहरुको अभिनय रहेको छ । सन्तोष श्रेष्ठको संगीत रहेको यस चलचित्रमा कोमल वली, कुलानन्द गिरी, स्वीकृति डाँगी, कोमलसरी जिसी र यांशु श्रेष्ठको स्वर रहेको छ ।

पहल निर्माणको ब्यानरमा निर्माण भएको लावाजुनीका कार्यकारी निर्माता गेहेन्द्र बस्नेत हुन् भने चलचित्रमा श्रीधरकुमार लम्साल, रिना बस्नेत, सम्झना जीएम, बसन्तराज भट्ट र शारदा बुढाथोकीको लगानी रहेको छ । लकडाउनका कारण लामो समयसम्म हल बन्द रहने स्थिति आएपछि चलचित्रलाई युट्युबमा रिलिज गरिएको निर्देशक पीडितले बताए ।

चलचित्र ‘लावाजुनी’

https://www.youtube.com/watch?t=159s&v=EizksmU0gZo&fbclid=IwAR34O7x4FdVQYdcYpNYdy161TJDpQ_QtzbSJZJ687P4yfDNeaogUNhknX74&app=desktop

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित