कमलरी प्रथामा बनेको चलचित्र ‘लावाजुनी’ युट्युबमा रिलिज (हेर्नुहोस् चलचित्र)

घोराही, १६ जेठ । विगतमा पश्चिम नेपालको थारु समुदायमा प्रचलनमा रहेको कमलरी प्रथामा बनेको चलचित्र लावाजुनी विहिबार युटुवमा रिलिज भएको छ । सञ्चारकर्मी केएल पीडितले निर्माण/निर्देशन गरेको यो चलचित्र उत्सर्ग नेपालको युटुब च्यानलबाट रिलिज भएको हो ।

२०७५ सालमा निर्माण भएको चलचित्र ‘लावाजुनी’ले कमलरी प्रथाको शिकार भएका थारु बालिकाहरुको कथाव्यथा र मुक्तिको आकांक्षालाई मूल विषय बनाएको छ । चलचत्रिमा छबिलाल कोपिला, ज्वाला खतिवडा, अनिता महतारा, सुशीला चौधरी, वर्षा लम्साल, सुप्रिया देवकोटा, निश्मा वली लगायतका कलाकारहरुको अभिनय रहेको छ । सन्तोष श्रेष्ठको संगीत रहेको यस चलचित्रमा कोमल वली, कुलानन्द गिरी, स्वीकृति डाँगी, कोमलसरी जिसी र यांशु श्रेष्ठको स्वर रहेको छ ।

पहल निर्माणको ब्यानरमा निर्माण भएको लावाजुनीका कार्यकारी निर्माता गेहेन्द्र बस्नेत हुन् भने चलचित्रमा श्रीधरकुमार लम्साल, रिना बस्नेत, सम्झना जीएम, बसन्तराज भट्ट र शारदा बुढाथोकीको लगानी रहेको छ । लकडाउनका कारण लामो समयसम्म हल बन्द रहने स्थिति आएपछि चलचित्रलाई युट्युबमा रिलिज गरिएको निर्देशक पीडितले बताए ।

चलचित्र ‘लावाजुनी’

https://www.youtube.com/watch?t=159s&v=EizksmU0gZo&fbclid=IwAR34O7x4FdVQYdcYpNYdy161TJDpQ_QtzbSJZJ687P4yfDNeaogUNhknX74&app=desktop

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित