घोराहीमा दुइदिने खोज पत्रकारिता तालिम सुरु

नगेन्द्र चौधरी

दाङ, ९ वैशाख । थारु पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले दाङको घोराहीमा खोज पत्रकारिता तालिम सुरु भएको छ । थारु पत्रकार संघ दाङ शाखाको आयोजना तथा घोराही उपमहानगरपालिकाको आर्थिक सहयोगमा दुइदिने खोज पत्रकारिता तालिमको आयोजना गरिएको हो ।

तालिमको उद्घाटन गर्दै घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले खोज पत्रकारिताले पत्रकाहरुलाई समाचार खोजि गर्ने र लेख्ने अभ्यासमा थप सहयोग पुग्ने बताएकाथिए । घोराही उपमहानगरले स्थानीय पत्रकारहरुको क्षमता विकासको लागि स्थानीय संघसस्थाहरुको समन्वय र सहकार्य गरेर कार्यक्रम गरिरहेको समेत बताए । त्यसैगरि उनले थारु पत्रकारहरुले थारु भाषा, कला, संस्कृतिको संरक्षण र प्रवद्धनको लागि कलम चलाउनुपर्ने बताए । घोराही उपमहानगरपालिकाले थारु समुदायको भाषा संरक्षणको लागि सरकारी कामकाजिक भाषाको रुपमा ल्याएको उनको भनाइथियो ।

संघका अध्यक्ष नविन चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा थारु पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष सन्तोष दहित, संघकी केन्द्रीय सचिव दिप्तीशिखा चौधरी, थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष भुवन चौधरी, प्रेस चौतारी दाङका अध्यक्ष इन्द्र डिसी, प्रेस युनियनका नेता लक्ष्मिान चौधरी, प्रेस सेन्टर दाङका इन्चार्ज प्रकाश चौधरी लगायतले तालिमको सफल्ताको शुभकमना व्यक्त गरेका थिए । संघका उपाध्यक्ष इन्द्र चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको तालिमको सहजिकरण संघकी सदस्य विष्णु कुसुमले गरेकीथिइन ।

दुइदिनसमम चल्ने खोज पत्रकारिता तालिममा ४० जना युवायुवतिहरुको सहभागिता रहेको छ । दुइदिनसम्म चल्ने तालिममा पत्रकार दुर्गालाल केसी, इन्द्र डिसी, सन्तोष दहित, केबी चौधरी, लक्ष्मिमान चौधरी र भिमबहादुर चौधरीले सहजिकरण गर्नेछन् ।

 

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित