घोराहीमा जसपाका उम्मेदवार सहित कांग्रेसका टोल सभापती एमालेमा प्रबेश

स्थानीय तह निर्वाचनमा जनता समाज पार्टीका तर्फबाट महिला सदस्य उम्मेदवार रहेका एक जना नेकपा एमाले दाङमा प्रबेश गरेकाछन् । घोराही उपमहानगरपालिका वडा नम्बर १ बाट जनता समाजबादी पार्टीका तर्फबाट महिला सदस्यका उम्मेदवार बनेकी भीमाकुमारी भण्डारी एमालेमा प्रबेश गरेकी हुन् । नेकपा एमाले नगर कमिटीले वडा नम्बर १ को सिमलतारामा आयोजना गरेको बृहत चुनावी सभामा भण्डारीलाई नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं नगर प्रमुखका उम्मेदवार नरुलाल चौधरी र नेकपा एमालेकी पोलिटव्यूरो सदस्य शान्ता चौधरीले एमाले पार्टीमा स्वागत गराएकाथिए ।

सोही कार्यक्रममा नेपाली कांग्रेसको जनबर्गिय संगठन नेपाल दलित संघका क्षेत्रिय अध्यक्ष एवं बर्तमान कृयाशिल सदस्य छविलाल सुनार सहितको टिम पनि एमालेमा समाहित भएकाछन् । यसैगरी, वडा नम्बर ४ मा पनि नेपाली कांग्रेसको तारकेनी टोल कमिटीका सभापती र सचिब समेत एमालेमा प्रबेश गरेकाछन् । टोल कमिटी सभापती रामकुमार रोका, सचिब लालबहादुर सुनार, क्रियाशिल सदस्य गिरमान बुढालाई नगर प्रमुखका उम्मेदवार नरुलाल चौधरी र नेकपा एमालेकी पोलिटव्यूरो सदस्य शान्ता चौधरीले एमाले पार्टीमा स्वागत गरेकाथिए। त्यसैगरी अर्का क्रियाशिल सदस्य श्रीधर बुढामगर, नेकपा माओबादी केन्द्रका सकृय कार्यकर्ता दामबहादुर बुढामगर पनि नेकपा एमालेमा प्रबेश गरेका हुन ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित