प्रलेस दाङले प्रगतिशील साहित्य पुुरस्कार प्रा.डा.शर्मालाई प्रदान गर्ने

घोराही, १८ मंसिर । प्रगतिशील लेखक संघ नेपाल (प्रलेस) दाङले यस बर्षको स्थापना दिवसका अवसरमा विभिन्न स्रस्टाहरुलाई पुरस्कृत एवं सम्मान गर्ने भएको छ । प्रगतिशील लेखक संघ नेपाल दाङ शाखाको बुधबार बसेको वैठकले यसबर्षको प्रगतिशील साहित्य पुुरस्कार प्रा.डा. भागवत प्रसाद शर्मालाई प्रदान गर्ने भएको छ ।

त्यसैगरि लौव अग्रासन साप्ताहकिका प्रधान सम्पादक केवि चौधरीलाई अनन्त टीका प्रतिभा पुरस्कार, पुर्वमन्त्री सुष्मा घिमिरेलाई चिन्तामणि जमुना साहित्य पुरस्कार साहित्यकार चन्द्र थापा मगरलाई गोविन्द चीस सर्जक पुुरस्कार प्रदान गर्ने निर्णय भएको प्रलेस नेपालका केन्द्रीय सदस्य शरद अधिकारीले जानकारी दिए । उनका अनुसार नेपाल कम्युनिष्ट पार्टी दाङका संस्थापक एवं साहित्यकार माणिकलाल गौतम र युगवोध दैनिकका सम्पादक प्रताप रेग्मीलाई सम्मान गर्ने भएको छ । प्रगतिशील लेखक संघ नेपाल दाङ शाखाले हरेक बर्ष पुस ३ गते स्थापना दिवस मनाउदै आएको छ ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित