घोराहीमा गठबन्धनलाई हराउँदै मेयर र उपमेयरमा एमाले विजयी

 

घोराही उपमहानगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी भएको छ ।

मेयरमा नरुलाल चौधरीले आफेनो आफ्नो प्रतिस्पर्धी गठबन्धनतर्फबाट (नेकपा माओवादी केन्द्र) उम्मेदवार हेमराज शर्मालाई ५ हजार ३६०मतले पछाडि पार्दै चौधरी मेयरम पुन निर्वाचित भएकाछन् । उनले ३१ हजार ७२८ मत प्राप्त गरेकाथिए । गठबन्धनका शर्माले २६ हजार ३६८ मत पाएकाथिए । चौधरी २०७४ को स्थानीय तहको निर्वाचामा पनि निर्वाचित भएकाथिए ।

मेयर नरुलाल चौधरी र उपमयेर हुमा डिसी

त्यसैगरी उपमेयमार एमालेकै हुमा डिसी निर्वाचित भएकीछन् । उनि गठबन्धन तर्फबाट (नेपाली कांग्रेस) उम्मेदवार भुपबहादुर डाँगीलाई ४९ मतले पछाडि पार्दै उपमेयरमा निर्वाचित भएकीहुन । उनले ३० हजार ४०३ मत प्राप्त गरेकीथिइन भने डाँगीले ३० हजार ३५४ मत प्राप्त गरेका थिए ।

यसैगरी एमालेले १९ वटा वडा मध्यै १३ वटा वडामा एमाले विजयी भएको छ । यस अघि एमालले १० वटा वडामा मात्र विजयी भएकोथियो । अहिले एमालेले घोराहीको वडा नं. १, २, ३, ४, ५, ६, ७, ८, ११, १२, १३, १७ र १८ मा विजयी भएको हो । घोराहीमा कुल मतको ७६ हजार २७२ मत खसेकोथियो ।

को हुन्, नरुलाल
१२ वर्षकै उमेरमा अनेरास्ववियूबाट विद्यार्थी राजनीतिक सुरुवाट गरेका चौधरी २०२४ वैशाख ३ मा साविक रामपुर गाविस हाल घोराही उपमहानगरपालिका २ सुर्केडाँगीमा बुवा विलराम र आमा मन्धरी चौधरीको कोखबाटकान्छा छोराको रुपमा जन्मिएकाथिए, नरुलाल चौधरी ।

नेकपा एमालेको वडा, गाउँ, क्षेत्रका विभिन्न पदहरुमा रहेर काम गर्दै दाङ जिल्ला अध्यक्ष समेत भएकाथिए । उनि २०६९ सालमा नेकपा एमाले दाङको अध्यक्षमा निर्वाचित भएकाथिए ।
सामान्य किसान परिवारमा हुर्केका चौधरी अहिले एमालेको पोलिटव्युरो सदस्य तथा दाङ जिल्ला इन्चार्ज समेत हुन् । व्यवस्थान र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका चौधरी राजनीतिक र व्यवस्थानमा अब्बल र चत्तुर नेताका रुपमा चिनिन्छन् ।

कम बोल्ने, सरल स्वाभाव, मिजाशिला, बौद्धिक र मेहनति नेताको रुपमा चिनिएका चौधरी एक सफल व्यवसायी समेत हुन् । उनि राजनीति संगसंगै माहुरी पालन र कुखुरा पालन समेत गर्दै आएकाछन् । यस अघि कुखुरा पालक किसानहरुको संगठनको अध्यक्ष समेत भइसकेका चौधरी कुखुरा पालन गर्नु अगाडि तरकारी खेति गर्दै आएकाथिए ।

रेडियो नेपाल सुर्खेतमा काम गर्दागर्दै पार्टीेले २०५४ मा स्थानीय निकायको चुनावमा साविक गाविसको अध्यक्ष पदको लागि टिकट दिएपछि उनि रेडियो जागिरबाट राजिनामा दिएर चुनाव लड्न दाङ फर्केका थिए । त्यसबोल चौधरी तत्कालीन रामपुर गाविसको अध्यक्षमा समेत सर्वाधिक मतले निर्वाचित भएका थिए ।

त्यसपछि उनि आफ्नो राजनीतिक यात्रालाई निरन्तर अगाडि बढाउदै आएकाछन् । २०७४ को स्थानीय तहको निर्वाचनमा घोराही उपमहानगर पालिकाको मेयरमा सर्वाधिक मतले विजयी भएकाथिए ।
उनलाई पत्रकारिता र शिक्षणा पेशा गरको अनुभव पनि छ । सक्रिय राजनीतिमा आउन अगाडि उनि रेडियो नेपाल सुर्खेतमा थारु भाषाको सामाचार बाचकको रुपमा काम गरेकाथिए । यसैगरी चौधरीले २ वर्षसम्म आफने घर नजिकै रहेको जनता मावि बुकामा शिक्षकको रुपमा समेत काम गरेका गरेकाथिए ।

अनुभव अनुभवले खारिएका चौधरी विशेषगरी जनजविविको पार्जनसंग जोडेर विकासकाम कामलाई अघि बढाउनपर्ने सोच राख्ने गर्दछन् । उनलाई नजिकबाट चिन्नेहरुले साविक गाविस अध्यक्ष हुदा होस या घोराही उपामहानगरपालिकाको मेयर हुदाँ होस् घोराहीका भौतिक पूर्वाधार विकास, सामाजिक, साँस्कृतिक, कृर्षि र पर्यटन क्षेत्रमा राम्रो काम गरेका बताउछन् ।

सन्तोष दहित

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित