माघ महोत्सवको ८० प्रतिशत तयारी पुरा

घोराही, २२ पुस । यहि सातादेखि दाङको घोराहीमा सुरु हुने माघ साँस्कृतिक महोत्सव-२०७६ को तयारीलाई तिब्रता पारिएको छ । पुस २५ गते देखि २८ गतेसम्म हुने महोत्सवको प्रचारप्रसार, स्टल निर्माण, स्टल बुकिङ, नाच दर्ता लगायत अन्तिम चरणमा पुगेको महोत्सव मुल आयोजक समितिका संयोजक भुवन चौधरील जानकारी दिए । उनका अनुसार महोत्सवको तयारी ८० प्रतिशत पुरा भएको छ ।


‘सामाजिक जागरण र साँस्कृतिक रुपमान्तरण हाम्रो अभियान, न्याय सहितको समृद्धिको लागि पर्यटन विकासमा हाम्रो योगदान’ भन्ने मुल नारा सहित आयोजना हुन लागेको माघ महोत्सव मुख्य आकर्षण विभिन्न थारु परिकार घोङघी, माछा, गंगटा, अन्डि चामलको झोल, रोटी ढिक्री लगायत विक्रिवितरणको लागि राखिने छ । त्यसैगरि थारु भाषाका विभिन्न पुस्तकहरु, पत्रपत्रिका, थारु हस्तकलाहरुको प्रर्दशनी तथा विक्रिवितरणका लागि राखिने महोत्सव प्रचारप्रसार संयोजक सन्तोष दहितले बताए । यसैगरि माघ महोत्सवम मघौटा, हुर्डुङ्ग्या, छोक्रा नाच गरि ६५ वटा नाचको प्रस्तुति रहने प्रचारप्रसार संयोजक सन्तोष दहितले जानकारी दिएकाछन् ।


चारदिनसम्म चल्ने महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको पनि विशेष प्रस्तुति रहने छ । प्रचारप्रसार संयोजक सन्तोष दहितका अनुसार चर्चित गायकहरु प्रमोद खरेल, प्रकाश सपुत, टंक बुढाथोकी, समिर आचार्य, चक्र बम, सर्मिला तामाङ, रोशन रत्गैया, देवेन्द्र बस्नेत, शालिकराम चौधरी, प्रकाश प्रिय कुसुम्या लगायतको प्रस्तुति रहने छ ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित