नेपालमा थप तीन जनामा देखियो कोरोना संक्रमण, संक्रमितको संख्या ५७ पुग्यो

घोराही, १७ वैशाख । नेपालमा थप तीनजनामा कोरोना संक्रमण देखिएको छ । बुधबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा तीनजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

स्रोतको अनुसार बाराका दुई र पर्साका एक जनाको रिपोर्ट पोजेटिभ आएको हो । संक्रमितहरू जीतपुर सिमरा नगरपालिकाका ४३ वर्षीय, सिम्रौनगढका ३१ वर्षीय र वीरगञ्ज(२ छपकैयाका ४६ वर्षीय पुरुषहरू हुन् । तीनै जना दिल्लीमा तबलिगी जमातको धार्मिक सभामा सहभागी भएर फर्किएका थिए । संक्रमित तीनैजनालाई नारायणी अस्पताल लैजाने तयारी भइरहेको खबर प्राप्त भएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमतिको संख्या ५७ पुगेको छ । यी मध्ये १६ जना निको भएर घर फर्किसकेका छन् ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित