तुलसीपुरमा माघ महोत्सवको तयारी तीव्र, उद्घाटन पूर्वमुख्यमन्त्री चौधरीले गर्ने

तुलसीपुरमा हुन गइरहेको माघ साँस्कतिक महोत्सवको तयारीलाई तिब्रता दिइएको छ । थारु कल्याणकारिणी सभा दाङ क्षेत्र नं ३ तथा नमुना भुह्याँर थानको संयुक्त आयोजना र मटाँवा महासंघ तुलसीपुरको सहआयोजनामा पुस २३ र २४ गते तुलसीपुर ५ जबरपुस्थित भुइह्यारथानको प्राङ्गनमा महोत्सव आयोजना गरिएको छ ।

महोत्सवलाई भब्य र सभ्य बनाउनको लागि तयारीलाई तिब्रता दिइएको थारु कल्याणकारीणी सभा दाङ क्षेत्र नम्बर ३ का सचिव जितेन्द्र चौधरीले जानकारी दिए । उनका अनुसार महोत्सवको प्रचारप्रसार, मघौटा नाच दर्ता, गाउँ गाउँमा मटावाहरुसंग छलफल तथा नाच टोली, पाहुनाहरुलाई निमन्त्रणा तथा आर्थिक सहयोगको कामलाई तिब्रता दिइएको हो ।

यसैविच महोत्सवको औपचारिक उद्घाटन लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले गर्ने कार्यक्रम तय भएको थारु कल्याणकारीणी सभा दाङ क्षेत्र नम्बर ३ सचिव जितेन्द्र चौधरीले जानकारी दिए ।

‘थारु भाषा, संस्कृति, भेषभूषा हमार पहिचान, संरक्षण, सम्बद्र्धन व विकास हमार अभियान” भन्ने नारा सहित दुइदिने महोत्सव आयोजना गरिएको उनले बताए । पुस २३ गते ढुम्रु गीत गाउने र पुस २४ गते मघौटा विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरिएको सभाका सचिव चौधरीले बताए ।

उनको अनुसार २३ गते बेलुकी ढुम्रु गीत उद्घाटनको थारु कल्याणकारिणी सभाका केन्द्रीय निवर्तमान कोषाध्यक्ष चूर्णबहादुर चौधरीले गर्नेछन् । त्यस्तै पुस २४ गतेको मघौटा विशेष सांस्कृतिक कार्यक्रमको उद्घाटन पूर्व मुख्यमन्त्री चौधरीले गर्ने सभाका सचिव चौधरीले गर्ने बताए । कार्यक्रमको उद्घाटन हुनुपुर्व नमुना भुह्याँर थानबाट झाँकी सहितको ¥याली निकाल्ने र बजारको परिक्रमा गरेर पुनः भुह्याँर थान पुगेर सभामा परिणत गर्ने उनले बताए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित