थारु खेलकुद सभा गठन, खेलकुद सभाको संयोजकमा भिम चौधरी

घोराही, २५ असोज । थारु कल्याणकारिणी सभा दाङले पहिले पटक दाङमा थारु खेलकुद सभा गठन गरेको छ । थारु कल्याणकारिणी सभाको अगुवाईमा थारु खेलाडिहरुको भेलाबाट फुटबल खेलाडि भिम चौधरीको संयोजकत्वमा ९ सदस्यीय थारु खेलकुद सभा गठन गरेको हो । जसको सचिवमा शंकर चौधरी र सदस्यहरुमा प्रयाप्त चौधरी, अर्विन चौधरी, विरेन्द्र चौधरी, रबि चौधरी, सुविन चौधरी, सुलस चौधरी, सुधिर चौधरी रहेकाछन् । यसैगरि सभाको संरक्षकमा भुवन चौधरी, सल्लाहकारमा सन्तोष दहित, केवि चौधरी, लक्षिमान चौधरी, रोशन रत्गैया रहेकाछन् ।


थारु कल्याणकारिणी सभा दाङको अध्यक्ष भुवन चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले खेलकुद विकासका लागि थारु खेलकुद सभा आवश्यक रहेको बताएकाथिए । युवाहरुको खेलकुद विकास र उनिहरुको क्षमता अभिवृद्धिको लागि थारु खेलकुद सभा गठन गर्दा राम्रो हुने बताएकाथिए । कार्यक्रममा थारु पत्रकार संघका केन्द्रीय अध्यक्ष सन्तोष दहित, नेपाल पत्रकार महसंघका प्रदेश सदस्य लक्ष्मीमान चौधरी, थारु पत्रका संघ दाङका अध्यक्ष नविन चौधरी, राष्ट्रिय थारु कलकार मंचका अध्यक्ष सालिकराम चौधरी, गायक रोशन रत्गैया, रंगकर्मी, प्रणव आकाश, ख्याल बगालका अध्यक्ष सवि थारु, फुटबल खेलाडि प्रयाप्त चौधरी, अर्विन चौधरी लगायतले बोलेकाथिए । कार्यक्रमको सहजीकरण थारु कल्याणकारिणी सभा दाङका सचिव प्रकाश चौधरीले गरेकाथिए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित