विधायन समितिबाट नागरिकता विधेयक हुबहु पारित

काठमाडौं, १६ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित संसदमै फिर्ता पठाएको नागरिकता विधेयक राष्ट्रिय सभाको विधायन समितिबाट पनि हुबहु पारित भएको छ।

यसअघि प्रतिनिधि सभाले पनि हुबहु नागरिकता विधेयक पारित गरेको थियो। प्रतिनिधि सभाले पनि हुबहु पारित गरेको विधेयक राष्ट्रिय सभामा पठाएको थियो । राष्ट्रिय सभाले भने राष्ट्रिय सभाको विधायन समितिमा पठाएको थियो ।

राष्ट्रिय सभाको विधायन समितिका दुई बैठकमा नागरिकता विधेयकमाथि छलफल भए पनि कुनै हेरफेर गरिएन। बहुमतका आधारमा बुधबार समितिबाट पास भएको थियो।

बिहीबार अपरान्ह ३ बजे राष्ट्रिय सभा बैठक बस्दैछ। बैठकमा विधायन समितिको प्रतिवेदन टेबुल गर्ने तयारी छ। विधायन समितिमा नेकपा एमालेका सांसदहरूले भने नागरिकता विधेयकबारे फरक मत राखेका छन् ।

संसदको दुवै सदनबाट नागरिकता विधेयका पारित भएपछि सभामुखले प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाउने व्यवस्था छ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित