राष्ट्रिय सभा सदस्यका लागि प्रदेश पाँचबाट नौ जनाको उम्मेदवारी

घोराही, २० पुस । राष्ट्रिय सभा सदस्यका लागि प्रदेश पाँच बाट नौ जनाले उम्मेदवारी दर्ता गराएकाछन् । आइतबार विहान १० बजेदेखि सुरु भएको उम्मेदवारी दर्ताका लागि चार दलबाट ९ जनाको उम्मेदवारी दर्ता परेको हो । सत्तारुद दल नेकपा, नेपाली काँग्रेस, जनमोर्चा र समाजवादी पार्टीले उम्मेद्वारी दर्ता गराएकाहुन् । प्रदेश ५ बाट ३ पदका लागि महिला अपाङ्ग, अल्पसंख्यक गरि ९ जनाको उम्मेद्वारी दर्ता परेको राष्ट्रिय सभा निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए ।
उनकाअनुसार नेकपाबाट जगप्रसाद शर्मा (दाङ), विमला घिमिरे (कपिलबस्तु) गोपाल भट्टराई (रुपेन्देही) ले दर्ता गराएकाछन् । यसैगरि नेपाली काँग्रेसबाट गिरिराज न्यौपाने (दाङ), मेराज अहमद हलवाई (वाँके), बालकृष्ण पाण्डे (अर्घाखाँची) को उम्मेद्वारी परेको छ । यसैगरि राष्ट्रिय जनमोर्चा पार्टीले शिवप्रसाद पौडेल (कपिलबस्तु) र समाजवादी पार्टीको तर्फबाट कृष्णप्रसाद आहिर (बर्दिया) र सुनिल सिंघल (वाँके) को उम्मेद्वारी परेको छ ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित