एमाले दाङको अधिवेशनको तयारी पुरा, अधिवेशन घोराहीको बहुउदेश्य सभागृहमा हुने

नेकपा एमालेको दाङ सहित देशभरका जिल्लामा शुक्रवार अधिवेशन हुने भएको छ । यसैविच दाङ जिल्लाको अधिवेशनको सम्पूर्ण तयारी भएको नेकपा एमाले दाङले जनाएको छ । भोली हुने एमाले दाङको १३ औं जिल्ला अधिवेशन घोराहीको बहुउदेश्य सभागृहमा हुने एमालेका अध्यक्ष टिकाराम खड्काले जानकारी दिए ।

शुक्रबार हुने देशभरको जिल्ला अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले भर्चुअलबाट उद्घाटन  गर्ने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजाल जानकारी दिए । उनकाअनुसार अध्यक्ष ओलीले पार्टी केन्द्रीय कार्यालयको एक्सन रूमबाट अधिवेशनको भर्चुअल उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम छ । पार्टी अध्यक्ष ओलीले उद्घाटन गरेसँगै जिल्लाका अधिवेशन औपचारिक रुपमा सुरुवात हुने छन् ।

त्यसपछि अधिवेशनले जिल्लामा अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिव २ र अन्य सदस्य निर्वाचित गर्ने छ । अधिवेशनबाट १२१ जना निर्वाचित हुने र १० मनोनित गरेर १३१ सदस्यीय जिल्ला कार्य समिति हुने एमाले दाङले जनाएको छ । अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको एमाले दाङले जनाएको छ । जिल्ला नेतृत्व सर्वसमत चयन गर्ने एमाले दाङले जनाएको छ । ‘सवै वर्ग र भुगोल मिलाएर सर्वसमत नेतृत्व चयनको काम हुने छ’ एमाले दाङका सचिव मनोहर बुढाथोकीले भने । अधिवेशन सपन्न गर्न एमाले दाङले विभिन्न उपसमिति गठन काम गरेको थियो

। एमाले दाङका अनुसार अधिवेशनको लागि राजनीतिक प्रतिवेदन तयारी उपसमिती, साङ्गठनिक प्रतिवेदन तयारी उपसमिति,आर्थिक व्यवस्थापन उपसमिती ,प्रतिनिधि व्यवस्थापन उपसमिती, स्वयं सेवक तथा मञ्च व्यवस्थापन, अतिथी सत्कार तथा आवाश व्यवस्थापन, साँस्कृतिक र प्रचार प्रशार उपसमिती निर्माण गरेको थियो । ‘सवै उपसमितिले काम सम्पन्न गरेका छन’ सचिव बुढाथोकीले भने । उनका अुनसार शुक्रवार विहान ११ बजेदेखि अधिवेशनको उद्घाटन कार्यक्रम शुरु हुने छ । अधिवेशनमा शुभकामना दिन पार्टी उपाध्यक्ष युवराज ज्ञवाली जिल्ला आएका छन् । दाङ ज्ञवालीको गृह जिल्ला समेत हो । अधिवेशनलाई व्यवस्थित बनाउन ठुलो संख्यामा स्वयसेवक परिचालन समेत गरिएको छ । त्यसैगरेर घोराही बजार क्षेत्र सजाउने काम समेत भएको छ । अधिवेशनमा जिल्लाभरबाट १ हजार ४ सय ३७ जना सहभागि हुने छन् एमाले दाङले पुस १७ गते जिल्लाका १ सय वडालाई ४६ मतदान केन्द्र निर्धारण गरेर प्रतिनिधि छनौटको काम गरेको थियो ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित