संघका केन्द्रीय अध्यक्ष दहित र सदस्य चौधरीलाई सम्मान


नगेन्द्र चौधरी
घोराही, ४ असोज । थारु पत्रकार संघका केन्द्रीय अध्यक्ष सन्तोष दहित र केन्द्रीय सदस्य दिप्तीशिखा चौधरीलाई स्वागत, सम्मान तथा बधाई गरिएको छ । हालै चितवनमा भएको संघको केन्द्रीय महाधिवेशनमा जिल्लाबाट प्रतिनीधिगरि केन्द्रीय अध्यक्षमा निर्वाचित भएका दहित र सदस्य चौधरीलाई शनिवार घोराहीमा एक कार्यक्रमको आयोजना गरेर थारु पत्रकार संघ दाङ शाखा, लौव अग्रासन साप्ताहिक र लावा डगरले संयुक्त रुपमा सम्मान तथा बधाई दिएको हो ।

बधाइ कार्यक्रमलाई सम्वोधन गर्दै संघको पुर्व अध्यक्ष समेत रहेका वरिष्ठ पत्रकार डा. कृष्णराज सर्वहारीले देशभर छरिएर रहेका थारु पत्रकारहरुलाई गोलबद्ध बनाई थारु भाषा, कला, संस्कृतिको संरक्षण र प्रवद्धनका लागि कलम चलाउन अनुरोध गरेकाथिए । यसैगरि उनले थारु समुदाय अझै पनि आर्थिक, समाजिक, राजनीतिक र शैक्षिक हिसावले पछाडी रहेकोले उनिहरुलाई अगाडि ल्याउनका लागि थारु पत्रकार संघले भूमिका खेल्नुपर्ने कुरामा जोडदिएकाथिए ।


यसैगरि कार्यक्रममा थारु पत्रकार संघका केन्द्रीय अध्यक्ष सन्तोष दहितले सम्र्पुण थारु पत्रकारहरुको हितमा रहेर थारु पत्रकार संघले काम गर्ने बताएकाथिए । उनले थारु समुदायको उत्थानका लागि विभिन्न निकायहरु संग समन्वय र सहकार्यगरि अगाडी बढ्ने बताए । यसैगरि थारु पत्रकारहरु अझै पनि मुलधारमा आउन नसकेको बताउदै दहितले सम्वन्धित मिडियाहरुसंग समन्वय गरेर थार पत्रकाहरुलाई मुलधारमा ल्याउनका लागि संघले सहयोगिको भूमिका सहजीकरण गर्ने बताएकाथिए ।


थारु पत्रकार संघ दाङ शाखाका अध्यक्ष नविन चौधरीको अध्यक्षता तथा वरिष्ठ पत्रकार एवं साहित्यकार डा. कृष्णराज सर्वहारीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले थारु पत्रकार संघले थारु समुदायको मुद्दालाई विशेष उठान गर्दै थारु भाषा, कला, संस्कृतिको संरक्षण र प्रवद्र्धनमा कलम चलाउनुपर्ने कुरामा जोड दिएकाथिए । कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नं. १७ का वडा अध्यक्ष खुशिराम चौधरी, थारु कल्याणकारिणी सभा दाङ अध्यक्ष भुवन चौधरी, नेपाल पत्रकार महासंघ दाङ शाखाका सल्लाहकार दुर्गालाल केसी, लौव अग्रासन साप्ताहिकका प्रधान सम्पादक केवी चौधरी, थारु पत्रकार संघका सल्लाहकार छविलाल कोपिला, लक्ष्मीमान चौधरी, फोनिजका अध्यक्ष प्रेम रम्जा लगायतले निर्वाचित कार्यसमितिलाई बधाइ तथा शुभकामना व्यक्त गरेकाथिए । संघको सदस्य विष्णु चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संघकी सचिव निता चौधरीले गरेकिथिइन ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित