सुरक्षित मातृत्व सेवा भवनको शिलान्यास

घोराही, १ पुस । नेपाल परिवार नियोजन संघ दाङ शाखाले सुविधा सम्पन्न स्तरिय सुरक्षित मातृत्व सेवा प्रदानका लागि जापानी दूतावासको आर्थिक सहयोगमा एक करोडको भवन निर्माण गर्ने भएको छ । मंगलबार एक कार्यक्रमगरि राष्ट्रिय सभा सदस्य अनिता देबकोटा, परिवार नियोजन संघका महानिर्देशक कृष्ण प्रसाद बिष्ट र घोराही उपमहागरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले संयुक्त रुपमा उक्त भवनको शिलान्यास गरेकाथिए ।
गत २७ सेप्टेम्बर २०१९ का दिन नेपाल परिवार नियोजन संघ दाङ शाखा र जापानी दूतावास बिच उक्त भबन निर्माणको लागि सम्झौता भएकोथियो । बिगत देखि दाङ शाखाले प्रभाबकरी र स्तरीय सेवा प्रदान गर्दै आएको गर्भवती महिलाहरु को प्रजनन स्वास्थ्य सुधार गर्नका लागि यो परियोजना शुरुवात गर्न लागेको शाखा प्रबन्धक वसन्त खनालले दंगीशरण खवर डटकमलाई जानकारी दिए ।


शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रममा राष्ट्रिय सभाका सदस्य अनिता देबकोटाले संघले प्रदानगर्दै आएको सेवाहरु यस भेगका जनताहरुको स्वस्थता कायम गर्नका लागि खेलेको भुमिकाको प्रसंशा गरेकाथिए । कार्यक्रमको प्रमुख अतिथिसमेत रहेकी देवकोटाले शाखाले अगाडि सारेका राम्रा कामहरु लाई प्रभावकारी बनाउन आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकिथिइन् । यसैगरि नेपाल परिवार नियोजन संघका महा निर्देशक कृष्ण प्रसाद बिष्ट नेपाल परिवार नियोजन संघ दाङ शाखा को प्रसुती भवन को शिलान्यास गर्न पाउँदा आफूलाई गौरबान्तित भएको बताएकाथिए । जनताको प्रजनन स्वास्थ अवस्था सुदृढ गर्न नेपाल परिवार नियोजन संघले स्थानिय सरकारसंग मिलेर काम गर्दै आइ रहेको र आगामी दिनमा पनि उक्त सम्बन्धलाई मज्बुद बनाउदै सेवा प्रभाह गर्नका लागि हातेमालो गर्न तयार रहेको बताएकाथिए ।
त्यसैगरि कार्यक्रमका विशिष्ट अतिथि समेत रहेका घोराही उप महानगर पालिकाका नगरप्रमुख नरुलाल चौधरीले स्वास्थ्य क्षेत्रको सुधार नै देशको संबृद्धी भएको बताएकाथिए । उनले परिवार नियोजन संघ दाङ शाखाले ग्रामिण भेगका समुदायलाई लक्षितगरि संचालन गरेको कार्यक्रम निकै फलदायी रहेको बताएकाथिए । मानिसलाई निरोगि हुनका लागि विधिहरुको अबलम्वन गर्दै विरामी हुनै नपर्ने र औषधि खानै नपर्ने अवस्था ल्याउन आवश्क रहेको बताएकाथिए । मानिस स्वस्थ रहे मात्र उसको चिन्तन सोच स्वस्थ रहने भएकोले पहिला स्वास्थ्यमा सुधार गरिनुपर्ने आवश्यक रहेको कुरामा जोड दिएकोथिए ।


शाखा सभापति तिर्थ सन्तोषीको अध्यक्षतामा भएको कार्यक्रमा संघका केन्द्रीय सदस्यद्वय गणेश राज श्रेष्ठ र निर्मला रेग्मी, दाङ उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसाल, संघका पुर्ब अध्यक्ष नारायण प्रसाद अधिकारी, पत्रकार बसुन्धरा गौताम, शाखाका आजिबन सदस्य खगराज पाण्डे लगायतले आफ्नो बिचार राखेकोथिए । यसैगरि भवन शिलान्यास कार्यक्रममा जापनी दुताबासका राजदुत महामहिम मासामिची साइगोले पठाएको सन्देश नेपाल परिवार नियोजन संघका अर्थ निर्देशक मोहमद सफिकले पढेर सुनाएकाथिए ।
संघका उपाध्यक्ष भरतराज देवकोटाको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रममा शाखा प्रबन्धक वसन्त खनालले धन्यवाद ज्ञापन गरेकाथिए भने कार्यक्रमको सहजीकरण शाखाकी सचिब मायाकुमारी पोख्रेलले गरेकी थिईन ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित