फैलियो ७२ जिल्लामा डेंगु

काठमाडौं, १७ भदौ । डेंगु संक्रमण ७२ जिल्लामा फैलिएको छ । काठमाडौं उपत्यकामा असारको दोस्रो सातादेखिै देखिन थालेको डेंगु संक्रमण भदौको तेस्रो साता नपुग्दै लगभग देशभरि फैलिएको हो । देशभर हालसम्म तीन हजार तीन सयभन्दा बढीमा डेंगु संक्रमण पुष्टि भइसकेको एपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

हाल ललितपुर, काठमाडौं र रुपन्देहीमा सबैभन्दा धेरै संक्रमण देखिएको महाशाखाले जनाएको छ । त्यसपछि संखुवासभा, अर्घाखाँची, तेह्रथुम, धादिङ, सिन्धुली, दाङ, गुल्मीलगायतका जिल्लामा डेंगु संक्रमण फैलिएको छ । योसँगै उपत्यकाका अस्पतालहरूमा ज्वरोसहितका लक्षण भएका बिरामीको भिडभाड बढेको छ ।

संक्रामक रोगको उपचार हुने टेकु अस्पतालको इमर्जेन्सीमा बिहीबार डेढ सयभन्दा बढी बिरामी उपचारका लागि पुगेका थिए । डेंगु संक्रमणबाट धनगढीमा एकजनाको मृत्यु समेत भएको छ । यो रोग लाम्खुट्ेको टोकाइबाट सर्ने भएकाले लाम्खुट्टेको टोकाइबाट वच्न स्वास्थ्यकर्मीहरुले सचेत बनाएका छन् ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित