एमालेमय बन्दै घोराही (फोटो फिचर सहित)

स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा नेकपा एमालेले चुनावी अभियानलाई तिब्र बनाएको छ । घरदैलो, चुनावी सभा तथा भेटघाट कार्यक्रमलाई तिब्रता दिएको हो । यसैविच नेकपा एमाले घोराही उपमानगरको वडा नं. १ को सिमलतारा, २ को बुका र ४ को सुनपुरमा चुनावी सभा भएकाछन् ।

वडा स्तरीय भएको चुनावी सभालाई सम्वोधन गर्दै नेकपा एमाले दाङका इन्चार्ज तथा घोराही उपमहानगरका मेयर उम्मेदवार नरुलाल चौधरीले आफु मेयर हुदा घोराहीमा देखिने गरी काम भएको बताए । पाँच वर्षको अवधीमा घोराही उपहानगरपालिकाको विकास र समृद्धिका लागि सडक पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी, सिचाई क्षेत्रमा जग बसालेको बताउदै चौधरीले अबको पाँच वर्षमा अधुरा भएका कामलाई सम्पन्न गर्ने बताए । त्यसैगरी कृषको आर्थिक सुधारको लागि खेतिपाती गर्नमा सहजहोस भनेर सिचाईको लागि ड््याम निर्माण गरेर सहज बनाएको चौधरीले सुनाए । यसैगरी आफु मेयर हुदा पनि कृषकलाई निशुल्क विउविजन, अनुदान तथा अन्नबालीको विमा कार्यक्रम दिएर समेत सहयोग गरेको बताउदै चौधरीले पर्यटन क्षेत्रको विकास लागि नगर स्तरीय योजना, स्थानीय समुदायको भाषा, कला–संस्कृतिको संरक्षण र प्रवद्धनमा सहयोग गरेको उल्लेख गरे । त्यसैगरी युवाहरुलाई स्वरोजगार बनाउनको लागि विभिन्न सीपमुलक तालिम दिएर रोजगारीमा लगाउने र घोराहीका नागरिकहरुको लागि जिवन स्तर उठाउनको लागि आर्थिक पाटोलाई प्राथमिक्ता दिएर काम गर्ने संकल्प गरे ।

यसैगरी नेकपा एमालेकी पोलिटव्यूरो सदस्य शान्ता चौधरीले गरिब, सर्वहारा जनताको पार्टी नेकपा एमाले मात्र भएको बताइन । एमालेको नेतृत्वमा सरकार बनेपछि विकाको मुल फुटेको बताउदै चौधरीले एमालेले राम्रो काम गरेकोले नेपाली काँग्रेस, माओवादी केन्द्र लगायत पाँच दलले अनैतिक गठबन्धन गरेर एमालेलाई घेराबन्दी बनाउन खोजेको टिप्पणी गरिन । जस्तो सुकै महागठबन्धन गरेपनि नेपाली जनता नेकपा एमालेको पक्षमा भएकाले देशैभर नेकपा एमालेको जीत शुनिश्चित भएको चौधरीले दाबी गरिन ।

कार्यक्रमम घोराही उपमहानगरपालिकाका उपमेयर उम्मेद्वार हुमा डिसीले एमालेको नेतृत्वमा मात्र घोराहीको विकास हुने बताइन् । विगत पाँच वर्षको अवधीमा एमालेले मेयर पाउदा धेरै काम गरेको उल्लेख गर्दै डिसीले अब ती अधुरा काम गर्नका लागि फेरी पनि एमालेलाई जिताउनुपर्ने कुरामा जोड दिइन् ।

यसैगरी चुनावी सभामा घोराही १ मा भएको कार्यक्रमा वडा अध्यक्षका उम्मेद्वार राममणी पाण्डेय, वडा नं. २ मा भएका कार्यक्रममा वडा अध्यक्षका उम्मेद्वार चित्रबहादुर चौधरी र वडा नं. ४ मा भएको कार्यक्रममा वडा अध्यक्षका उम्मेदवार मुनाल घिमिरेले समेत सम्वोधन गरेकाथिए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित