टेक्सास थारू समाजका पदाधिकारीहरूको जिम्मेवारी बाँडफाँट

टेक्सास थारू समाज अमेरिकाको दास्रो कार्यसमितिको पहिलो बैठक टेक्सासमा सम्पन्न भएको छ । समाजको अध्यक्ष रामकुमार चौधरीको अध्यक्षता तथा संस्थाको सल्लाहकार सुशील चौधरीको प्रमुख आतिथ्यतामा बसेको बैठकले समाजको रिक्त रहेको कोषाध्यक्ष पदमा सरिता मण्डर चौधरीलाई मनोनयन गरिएको समाजले जनाएको छ ।

यस्तै, वैठकले वार्षिक कार्यक्रम तथा कार्ययोजनाको कार्यक्रमको जिम्मेवारी बाँडफाँट गरिएको समाजले जनाएको छ । समाजको महासचिव नेत्रसागर चौधरीका अनुसार पिकनिक कार्यक्रमको संयोजकमा रामशरण चौधरी, सहसंयोजकमा सन्तोष चौधरी, माघ कार्यक्रम संयोजकमा रामशरण चौधरी, सहसंयोजक जीवन चौधरी, जितिया कार्यक्रम संयोजकमा सरिता चौधरी, सहसंयोजकमा विक्रम चौधरी र विद्यार्थी स्वागत कार्यक्रम संयोजकमा गोपी महतो, सहसंयोजकमा आशिष चौधरीलाई जिम्मेवारी दिइएको छ ।

यसैगरी, समाजले आगामी चैत्र १० गते अर्थात् मार्च २३ तारिखमा होली विशेष कार्यक्रम गर्ने निर्णय गरेको छ । होली कार्यक्रमलाई व्यवस्थित बनाउनको लागि संस्थाको वरिष्ठ उपाध्यक्ष शशी कुमार चौधरीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । जसको सहसंयोजकमा संस्थाको पूर्व अध्यक्ष प्रितम चौधरी र सदस्यमा प्रेम राणा, सन्दिप चौधरी, विक्रम चौधरी रहेका छन् ।

त्यस्तै, समाजको प्रेस संयोजकमा पत्रकार सन्तोष दहितलाई मनोनय गरिएको समाजले जनाएको छ । उता वैठकले संस्थाको वेवसाइट निर्माणको लागि सल्लाहकार मनोज महतो र सचिव दिपक दिपलाई, संस्थाको विशेष प्रोजेक्ट अभियानको लागि संस्थाको सल्लाहकार मनोज महतो, अध्यक्ष रामकुमार चौधरी, महासचिव नेत्र सागर चौधरी, समाजको कार्यकारिणी सदस्य जीवन चौधरी र संस्थाको साधारण सदस्य सञ्जय चौधरीलाई जिम्मेवारी दिइएको छ ।

त्यस्तै, सस्थाको सदस्यता विस्तारको लागि संस्थाका कार्यकारिणी सदस्य जीवन चौधरीलाई, अफिसियल व्यवस्थापनको लागि आवश्यक सामग्री व्यवस्थापनको लागि समाजको वरिष्ठ उपाध्यक्ष शशीकपुर चौधरी र कार्यकारिणी विजयकुमार चौधरीलाई जिम्मेवारी दिएको छ ।

यस्तै हालसम्म सस्थाको गतिविधिलाई सहयोग गर्ने सम्पूर्णलाई हार्दिक आभारसहित धन्यवाद ज्ञापन गर्ने निर्णय भएको संस्थाले जनाएको छ ।

सन्तोष दहित

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित