घोराही उपमहानगरमा एमालेका चौधरी एकहजार मतले अगाडि

घोराही उपमहानगरपालिकाको मेयरमा पछिल्लो मत परिणाम अनुसार मेयरमा नेकपा (एमाले) का उम्मेदवार नरुलाल चौधरीले फराकिलो मतले अग्रता लिएका छन्।

२६ हजार २२६ मत गणना गर्दा एमालेका चौधरीले दश हजार ५८३ मत पाएका छन्। गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार हेमराज शर्माले शुरूआती अग्रता लिएका थिए। उनलाई उछिन्दै एमाले चौधरीले १ हजार ८२ मतको अग्रता कायम गरेका छन्।

उनका प्रतिस्पर्धी माओवादीका शर्माले नौ हजार ५०१ मत पाएका छन्।

उपमेयरमा भने गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार भुपबहादुर डाँगी अगाडि छन्। उनले दश हजार ३०२ मत पाएका छन् भने एमालेकी हुमा डिसीले दश हजार १७५ मत पाएकी छन्।

सन्तोष दहित

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित