चन्द्रबहादुर गुरुङ : ‘जो पाँच वर्ष कार्यालय सहयोगि भएर काम गरे, त्यहि वडामा वडा अध्यक्ष भएर आए’

राप्ती गाउँपालिका वडा नं. ८ को वडा अध्यक्षमा नवनिर्वाचित वडा अध्यक्ष चन्द्र बहादुर गुरुङ

चन्द्रबहादुर गुरुङ पाँच बर्ष अगाडि दाङको एक वडाको कार्यालयमा सहयोगीको रुपमा जागिर पाए । उनलाई यस अघि २०७४ को स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएका वडा अध्यक्ष गोकर्णबहादुर रानाले वडा कार्यालयको सहयोगिको रुपमा नियुक्त गरे ।

कार्यालय सहयोगीको रुपमा जागिर पाएपछि गुरुङले कार्यालयमा पुछा लगाउने देखि कार्यालयको डकुमेन्टलाई मिलाएर राख्नेसम्मको जिम्मेवारी पाए । वडा अध्यक्ष र सचिवसंग नजिक भएर काम गर्न अवसर पाएका गुरुङ विस्तारै कार्यालयका थुप्रै काम सिक्ने मौका पाए । जसरी उनि काम सिक्दै गए, त्यसरी त्यहाका स्थानीय जनताहरुसंग पनि घुलमिल पनि बढ्दै गयो ।

त्यसपछि कार्यालयमा आउने जो कोहि पनि गुरुङलाई खोज्दै आउथे । अघिपछि ढिला हुने कामलाई गुरुङले सहज रुपले छिटो छरिटो गरेर सेवाग्राहीहरुलाई पठाउने गर्न थाले । यसरी उनको सहयोगी भावाना देख्दा त्यहाँ सेवा लिन आउने जो कोही सेवाग्राही पनि दंग पर्थे । कार्यालयमा आउने सेवा ग्राहीहरुले उनको कामको प्रशंसा मात्र गर्दैनथे, भावी जनप्रतिनीधिको रुपमा हेर्न थाले ।

‘यस्तो पो कर्मचारी, यिनैलाई अब आउने जनप्रतिनीधि बनाउन पाए झन कस्तो हुन्थ्यो होला, सेवा लिन आउने सेवाग्राहीहरु एक आपसमा कुरा गर्थे, गुरुङले भने, –सवैजनाले मलाई जिस्काउदै अब आउने चुनावमा तपाई उठ्नुपर्छ ।’

कता कता उनलाइ लाग्न थाल्यो, के म साच्चै जनप्रतिनीधि बन्न योग्य छु त, गुरुङले म आफैलई प्रश्न गर्थे भन्छन्, । सवैले उनलाई वडा अध्यक्षमा उठ्नुपर्छ भन्न थालेपछि उनि आफ्नो निकट पार्टी नेकपा एमालेका नेताहरुसंग पनि राम्रो सम्वन्ध बनाउन थाले । नभन्दै स्थानीय तहको चुनाव आयो । पार्टीले पनि जित्ने नेता, कार्यकर्ता खोजि गर्न थाल्यो । त्यहि खोजिको लिस्टमा परे गुरुङ ।

त्यसपछि तल्लो तहको पार्टीले मथिल्लो तहमा राप्ती गाउँपालिका वडा नं। ८ को वडा अध्यक्षको लागि गुरुङको नाम सिफारिस गर्यो । पार्टीले उनलाई सजहै रुपमा टिकट दियो । पार्टीले टिकट दिएपछि गुरुङले आफु काम गरिरेका कार्यालय सहयोगी पदबाट राजिनामा दिएर वडा अध्यक्षको लागि मनोनयन दर्ता गराए । यो खबर सुनेपछि त्यहाँका नागरिकहरु उत्साहित मात्र भएन, प्रतिफुल्ल भए । सवैले गुरुङलाई जिताउन लागि परे ।

गुरुङ पनि आफुसहित पार्टीलाई जिताउनका लागि कम्मरै कसेर लागे । नभन्दै गुरुङ मतदान गरेका करिब एक हप्तापछि वडा अध्यक्षमा निर्वाचित भए । उनि आफु मात्र निर्वाचित भएन्न, आफुसंगै प्यानललाई विजयी बनाए । ‘म, कल्पना पनि गरेकोथिएन, जनप्रतिनीधि हुन्छु भनेर गुरुङले भने–तर, म अहिले वडा अध्यक्ष भएको छु ।’ ‘जुन वडामा पाँच बर्ष अघि कार्यालय सहयोगी भएर जनताको सेवा गरे, आज पदिय जिम्मेवारीमा फरक भएर उहि नागरिकहरुको सेवा गर्न पाउदा आफूलाई गौरावन्ति भएको महसुस गरेको छु, गुरुङले भने ।’

गुरुङले आफ्नो प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेद्वार प्रभाकरदेव चौधरीलाई १३४ मतले पछाडि पार्दै वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनि ९५० ल्याएर आफुसंगै आफ्नो प्यालन सहित विजयी भएकाथिए । उनको प्रतिस्पर्धी चौधरीले भने ८१६ मत प्राप्त गरेकाथिए ।

सन्तोष दहित

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित