सुकुम्वासी र भूमहिनहरुले भने, -‘हाम्रो भोट हाम्रो प्रतिनीधि शान्तालाई’

सुकुम्बासी र कमैया बस्तिमा शान्ता चौधरीलाई भब्य स्वागत गरिएको छ । लमही स्थित ३ सुकुमबासी बस्तिमा एमालेका पोलिटब्यूरो सदस्य तथा प्रतिनीधिा सभाका सदस्य शान्ता चौधरी घरदैलो क्रममा त्यहाँ पुगेपछि त्यहाँका नागरिकहरुले भब्य स्वागत गरेका हुन ।

शान्ता चौधरीलाई स्वागत गर्दै स्थानीय सुभागी चौधरीले बल्ला आफुहरुको प्रतिनीधिको रुपमा उम्मेदवार पाएको बताइन् । ‘हामीले हाम्रो प्रतिनीधि बल्ल पाएका छौं,  चौधरीले भनिन्,- ‘उहाँलाई जिताउनको लागि देउखुरी क्षेत्रमा रहेका सबै सुकुम्वासी, भूमहिन र कमैयाहरु एक ढिक्का भएर लाग्ने छौ ।’ ‘अहिलेसम्म अरुलाई भोट दिएर जितायौं, अब हाम्रो नेता, हाम्रो चेलीलाई जिताउछौं, सुर्यमा मतदान गर्छाै, गर्छाै, उनले भनिन्, हाम्रो बर्गको उत्थान र न्यायका लागि शान्ता चौधरी जित्नै पर्छ ।’

यसैविच घरदैलो कोणसभालाई सम्बोधन गर्दै शान्ता चौधरीले आफुहरुले भूमहिन, सुकुम्बासी, कमैयाहरुलाई लालपूर्जा दिने तयारी गर्दा गर्दै पनि विपक्षी दलहरुले एमाले सरकार ढालिदिएका कारण लालपुर्जा वितरण गर्न नपाएको बताइन् । अब एमालेको सरकार बनेपछि आफ्नो पहिलो काम सुकुम्वासी, भूमहिन र कमैयालाई लालपुर्जा दिने प्रतिवद्धता व्यक्त गरिन् ।

 

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित