कबिला सहकारी कार्यालयको उद्घाटन,  उद्यमशिलतामा जोडिन नगरप्रमुख चौधरीको सुझाव

घोराही, २० साउन । कबिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड केन्द्रीय कार्यालयको शनिवार उद्घाटन गरिएको छ । घोराही उपमहानगरपालिका वडा नं. १६ स्यानीअम्बापुरमा सहकारीको कार्यालयको उद्घाटन घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले रिबन काटेर औपचारिक उद्घाटन गरेका हुन ।
कार्यालयको उद्घाटन गर्दै नगरप्रमुख चौधरीले सहकारीका सदस्यहरुलाई उद्यमशिलतामा जोडेर काम गर्नपर्ने कुरामा जोड दिए । थारु समुदाय आर्थिक हिसाबले पछाडि परेकोले आर्थिक उन्नतिको लागि अब यहि सहकारी मार्फत आयाआर्जन र उत्पादनमा जोडिनु पर्ने उनले बताए ।
‘अझैपनि थारु समुदाय खेतिपातिमा सिमित छौ, उनले भने,–बर्षदिनको खान लाउनमाा मात्र सिमिति नभएर त्यहि खेतिपातीलाई पनि व्यवसायीक बनाउन सकियो भने हाम्रो आर्थिक विकासमा टेवा पुग्छ ।’ विगतको जस्तो महिनौदिन खेतिपाति गर्ने समय छैन, अहिले विभिन्न प्रविधिहरु आइसकेको छ, थोरै समयमा धेरै खेतिपाती गर्न सकिने भएकोले त्यहि खेतिपातीलाई निर्वामुखि बनाउन उनले सुझाव दिए ।
यसैगरी नगरपमुख चौधरीले सहकारीलाई उत्पादन र व्यवसायिकमुखी क्षेत्रमा लगानी गर्न आग्रह गरे । ‘बचत गर्ने र ऋण दिएर मात्र सहकारीको प्रगति हुदैन उलने भने,–उत्पादन क्षेत्रमा लगानी गरेर शेयर सदस्यहरुलाई मुनाफा दिन सक्ने लक्ष्य सहित योजना बनाएर लगानी गर्नुपर्छ ।’
‘सहकारीले ऋणमात्र दिने होइन, ऋण के कामको लागि दिएको हो, त्यसको सदुपायोग भयो, भएन अनुगमन गर्ने पनि सहकारी हो दायित्व हो, उनले भने–ऋणिकर्ता सफल हुनु नै सहरकारीको सफल्ता हो ।’ यस्तै नगरप्रमुख चौधरीले सहकारी मार्फत केहि गर्न खोज्ने किसान, उपभोक्ताहरुलाई घोराही उपमहानगरपालिकाको तर्फबाट पनि आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेकाथिए ।
यसैगरी घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसीले सहकारीको नीति र विधिमा टेकेर अगाडि बढन् सकेमा सहकारीका भविष्य रहेको बताइन् । उनले सरहकारीको नीति र विधिलाई आत्मसात गर्दै सेयर सदस्यहरुलाई प्रविधिसंग जोडिन सुझाव दिइन् । सहकारीलाई सफल बनाउनको लागि सेयर सदस्यहरुको अहम भूमिका हुने भएकोले सेयर सदस्यहरु उत्पादन र आयआर्जनमा जोडिनुपर्ने उपप्रमुख डिसीको भनाइथियो ।
सहकारी संस्थाका अध्यक्ष भुवन चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीको शिक्षा उपसमितिका संयोजक केवि चौधरीले विषबस्तुमाथि प्रकाश पारेकाथिए । कार्यक्रमको सहजिकरण सचिव रामकुमारी चौधरीले गरेकीथिइन ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित