मुक्त कमलरी विकास मंचको केन्द्रीय अध्यक्षमा शान्ती चौधरी

घोराही, ६ कात्तिक । मुक्त कमलरी विकास मंचको केन्द्रीय अध्यक्षमा कन्चनपुरकी शान्ती चौधरी निर्विरोध निर्वाचित भएकिछिन् । बुधबार घोराहीमा भएको मंचको ९ औं साधारण सभा तथा चौथो केन्द्रीय अधिवेशनमा चौधरी निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत अधिवक्ता रामशरण चौधरीले जानकारी दिए । उनका अनुसार उपाध्यक्ष र दुइ सदस्य बाहेक सवै पदमा सर्वसहमतिमा चयन गरिएको थियो ।


निर्वाचन अधिकृत चौधरीका अनुसार उपाध्यक्ष पदका लागि हरिमाया चौधरी, रामजानकी चौधरी र जोशिना थारु चुनावी मैदानमा आएकाथिए । वाँकेकी हरिमाया चौधरीले आफ्नो प्रतिस्पर्धिहरुलाई फराकिलो मतअन्तरले पछाडि पार्दै उपाध्यक्ष पदमा निर्वाचित भइकीथिइन । उनले ४० मत प्राप्त गरेकिथिइन भने रामजानकी चौधरी २३ मत र जोशिना चौधरी ८ मत प्राप्त गरेकिथिइन ।

त्यसैगरि सचिव पदमा निर्मला चौधरी (दाङ), कोषाध्यक्षमा विष्णु चौधरी (दाङ), निर्विरोध निर्वाचित भएकाथिए । यसैगरि सदस्यमा सिता थारु (बाँके), शान्ति चौधरी (कन्चनपुर), सुमन चौधरी (कैलाली), सीता थारु (दाङ) निर्विरोध निर्वाचित भएका थिए भने अन्य दुइ सदस्यको लागि निर्वाचन भएकोथियो । निर्वाचनबाट सुमाकुमारी थारु (बर्दिया) ४५ मत र विमला चौधरी (बर्दिया) ले ३९ मत प्राप्त गरि निर्वाचित भएको निर्वाचन अधिकृत चौधरीले जानकारी दिए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित