घट्यो पेट्रोलियम पदार्थको मूल्य

सरकारले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ ।

नेपाल आयल निगम व्यवस्थापनको निर्णयअनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँका दरले मूल्य घटाइएको निगमले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

यससँगै अब पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर १७२ रुपैयाँ कायम भएको छ ।

यसअघि निगमले अझै घाटा रहेको र अन्तर्राष्ट्रिय बजारमा मूल्य घटबढ तीव्र भइरहेकाले नेपालमा मूल्य यथास्थितिमा राखेको थियो ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित