धानको बिउँ पाएपछि दंगीशरणका विपन्न वर्गका किसानहरु खुशी


दंगीशरण, २३ बैशाख । दंगीशरण ४ बैबाङ्गकी समानी चौधरी दंगीशरण गाउँपालिकाले राहत वितरण गर्दैछ भन्ने जानकारी पाएपछि राहत लिन आईपुगिन् । उनलाई चामल हो कि भन्ने लागेको रहेछ । तर, बोरामा धानको विउँ हो भन्ने थाहा पाईन् । “बर्खा लाग्ने बेला किसानका लागि धानको बिउँ राहत स्वरुप दियो खुसी लाग्या छ -चौधरीले भनिन्,। त्यसैगरि दंगीशरण ३ की झुपि वि.कलाई लकडाउनको कारणले धानको बिउँ पाईन्न कि भन्ने ठूलो डर थियो तर स्थानिय सरकारले घर आङनमा धानको विउ वितरण गर्नथाले पछि उनि खुशीले दङ परिन्,।


राहत पाउनेमा समानी र झुपी मात्र होइनन्, उनिहरु जस्तै दंगीशरण गाउँपालिलकाका विपन्न परिवारका धेरै किसानहरुलाई राहत स्वरुप धानको विउ वितरण गरिएकोथियो । सहकर्मी समाज सुर्खेत द्धारा संचालीत कोशेली कार्यक्रम अन्तर्गत दंगीशरण गाउँपालिकाका सात वटै वडाका विपन्न, गरीव घरपरिवारलाई राहत स्वरुप धानको बिउँ बितरण गरेको हो । दंगीशरण गाउँपालिका वडा न. १ का ७६ घर, वडा न. २ मा ३६ घर, वडा न. ३ मा ५० घर, वडा न. ४ मा ५५ घर, वडा न. ५ मा ६९ घर, वडा न. ६ मा ५७ घर गरी सबै वडाका विपन्न वर्गका ४ सय २४ घरलाई राहत स्वरुप ३ लाख १ हजार ६ सय बराबरको धानको बिउँ वितरण गरिएको हो ।

बिउँ बितरण कार्यक्रममा दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले सहकर्मी समाजले सहि समयमा दंगीशरणका किसानलाई धानको बिउँ प्रदान गरेकोमा सहकर्मी समाज सस्थालाई धन्यवाद दिदै विपन्न वर्गका किसानलाई दुई चरणको राहत स्वरुप सहयोग गरेको बताएकाथिए । उनले सबैको सहयोग र सहकार्यबाट दंगीशरण गाउँपालिका भित्रका विपन्न वर्गका नागरीक राहत दिइरहेको बर्ताकाथिए । राहतवितरण कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष पिमा कुमारी खड्काले विभीन्न संघसस्ंथाले सहयोगी हात राहत बितरणमा सहज भएको बताएकिथिइन।

दंगीशरण गाउँपालिका भित्रका २ देखी १० कट्ठा सम्म जग्गा भएका, अधिया गरी खाने किसान, दलित, जनजाती विपन्न घरपरीवारलाई लक्षीत गरेर प्रती कट्ठा २ केजीका दरले ५२ क्विन्टल धानको बिउँ बितरण गरिएको सहकर्मी समाज दाङका संयोजक पुनाराम पन्थीले जानकारी दिए । कोरोनाको महामारी बिश्वभरी फैलदै गर्दा र सरकारले लकडाउँनको समय थप गरीरहदा विपन्न वर्गका किसानहरु मारमा नपरुन भन्ने उद्धेश्यले समय सापेक्ष धानको बिउँ वितरण गरिएको संयोजक पन्थीले बताए ।

दंगीशरण गाउँपालिकामा ७ वटै वडाका बिपन्न बस्तीहरुमा ५२ वटा सामुदायीक समूह र वडा स्तरमा ७ वटा मूल समिती गठन गरेर काम गर्दै आएको सहकर्मी समाजले बिगत ३ बर्ष देखि बिकाश कोष नर्वेको आर्थीक सहयोगमा “कोशेली” कार्यक्रम संचालन गर्दै आएको छ ।

दिप्तीशिखा चौधरी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित