सङ्कटको समयमा सचेत भएर रिपोर्टिङ गर्न आग्रह

निता चौधरी

असार १०, तुलसीपुर । थारु कल्याणकारीणी सभाका केन्द्रीय कोषाध्यक्ष चुर्ण बहादुर चौधरीले विश्वमा फैलिएको कोरोना सङ्क्रमणको समयमा सचेत भएर रिपोर्टिङ गर्न पत्रकारहरूलाई आग्रह गरेकाछन् । उनले महामारीको समयमा आफु सङ्कटमा रहेर पनि नागिरकलाइर्सू चना प्रदान गर्नमा सञ्चारकर्मीहरुले महत्पुर्ण भूमिका खेलिरहेको प्रंशसा समेत गरे । बुधवार तुलसीपुरमा थारू पत्रकारहरुलाई प्रेस ज्याकेट विरतण गर्दै चौधरीले रिपोर्टिङकाे क्रममा थारु पत्रकारहरुकाे थप हाैसला प्रदान हाेस् र अझै लगनिशल भएर काम गरून् भन्ने उद्देश्यले आफुले थारु पत्रकार सङ्घ नेपाललाई सानो सहयोगको रुपमा ज्याकेट प्रदान गरेको चौधरीले बताए।

त्यसैगरि थारु पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष सन्तोष दहितले अझै अधिकाँंस थारु पत्रकारहरु पर्दा पछाडिबाट पत्रकारिता गरिरहेकाले थारु समुदायको मुद्दाहरु ओझेलमा परिरहेको बताए । पर्दापछाडिबाट पत्रकारिता गर्दा स्वंयम थारु पत्रकाहरुलाई घाटा भएको बताउदै अध्यक्ष दहितले अब पर्दा अगाडिबाट पत्रकारिता गर्न थारु पत्रकारहरुलाई आग्रह गरे । अहिले पत्रकारितामा पनि प्रतिस्पर्धा भइरहेकाले थारु पत्रकाहरुले खोज मुलक पत्रकारिता संगै व्यवसायिक पत्रकारितामा लाग्नु पर्ने जरुरी रहेको बताए ।

नेपाल पत्रकार महासंघ प्रदेश पाँचका सचिव समेत रहेका दहितले कोभिड -१९ को कठिन परिस्थितिमा पनि पत्रकाहरुले अग्रपंक्तिमा रहेर आम नागरिकहरुलाई सत्य तथ्य सूचना दिरहेकाे दाबी गरे । यो महामारीबाट बच्नका लागि पत्रकारहरुलाई सावधानिपुर्वक रिर्पाेटिङ गर्न आग्रह गरे । यसैगरि थारु पत्रकाहरुको हौसला प्रदानको लागि प्रेस ज्याकेट सहयोग गरेकोमा थारु कल्याणकारिणी सभाका केन्द्रीय कोषाध्यक्ष चूर्ण बहादुर चौधरीलाई अध्यक्ष दहितले धन्यवाद समेत ज्ञापन गरेका थिए ।

यस्तै रिपोटर्स क्लव दाङका अध्यक्ष शरद रेग्मीले थारु समुदायको आर्थिक, सामाजिक, साँस्कृतिक तथा राजनीतिक मुद्दालाई उठाउनको लागि थारु पत्रकाहरुले अहम भूमिका खेल्नुनर्पे बताएकाथिए । कार्यक्रमको सहजीकरण थारु पत्रकार सङ्घ दाङकी सचिव निता चौधरीले गरेकिथिइन् ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित