हेमराज अधिकारी
लुम्बिनी प्रदेश अन्तर्गत पर्ने दाङ जिल्लामा अवस्थित घोराही उपमहानगरपालिका क्षेत्रफलका हिसाबले देशकै ठूलो उपमहानगरपालिका हो । यस्तै घोराही उपमनगरपालिकासँग सिमाना जोडिएको अर्को उपमहानगरपालिका तुल्सीपुर उपमहा नगरपालिका पनि हो।
भौगोलिक रूपमा समथर भूभाग रहेको यो उपत्यकामा बसोबास गर्ने मानिसहरूको आर्थिक जीवनस्तर माथी उठाउन र उत्पादन लाई बजारीकरण गर्न सहज बनाउने योजना र उद्देश्य सहित घोराही र तुलसीपुर भित्रका सडकहरूलाई कसरी आर्थिक करिडोरमा रूपान्तर गर्ने र यसलाई विकसित गर्ने आधारहरुको मोडेलहरु निर्माण गर्नका लागि घोराही १२ दाङ निवासी सुरेश गौतमको नेतृत्वमा अध्ययन हुने भएको छ।
गौतम विभिन्न सामाजिक संघ संस्थाहरुमा साथै नेपाल सरकारको अर्थ मन्त्रालय, लुम्विनी प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालयमा कामको अनुभव भएको व्यक्ति हुन । यस अध्ययनको प्राविधिक पक्षको सहयोग रिर्सज वेबले गरेको छ । यस आर्थिक करिडोरको प्रमुख उद्देश्य घोराही र तुलसीपुरका भौगोलिक स्थानहरूका आर्थिक गतिविधिहरुलाई कसरी राष्ट्रिय आर्थिक विकासमा जोड्न सकिन्छ र उत्पादित वस्तु र सेवाहरूको आवागमनलाई सुविधा जनक बनाउन र आपूर्ति श्रृंखला र अर्थव्यवस्थाको विशिष्ट क्षेत्रहरूको विकासलाई बढावा दिन के गर्न सकिन्छ भन्नेमा केन्द्रीत हुने गरि अध्ययन गरिने गौतमले बताए ।
साथै यस अध्ययनबाट घोराही—तुलसीपुरको आर्थिक करिडोरको विस्तृत विकास योजनाको खाका तयार उनले बताए । यस योजना कार्यान्वयन भएपछि घोराही र तुल्सीपुर उपमहानगरपालिका भित्रका करिब तीन लाख जनताहरूले यसको प्रत्यक्ष लाभ लिनुका साथै अन्य छिमेकी पालिकाले पनि सहयोग पुग्ने देखिन्छ ।
दाङ उपत्यका भित्र बसोबास गर्ने बौद्धिक नागरिक विभिन्न सामाजिक संघ संस्था तथा सरकारी कार्यालयहरुसंग आवस्यक सहकार्य गरी योजनाको सफल कार्यान्यन गर्नको लागी प्रशासनिक मुद्दाहरू, वित्तिय क्षेत्र र आर्थिक लाभ लागतहरूको बारेमा साथै अन्य विषयहरु पनि समावेश गरि छलफल गरिने घोराही तुल्सिपुर आर्थिक करिडोर संयोजक गौतमले बताए । उनका अनुसार यसखालको अध्यन नेपालमा पहिलोपटक हुनलागिएको हो ।