मेरो दाङ (कविता)

सरोज कुमार चौधरी


मेरो दाङ
तिमी संगको जन्म जन्मान्तरको नाता
म कहाँ विर्सन सक्छु र
तिमीसंग मुटू भित्रैवाट लाएको पिरती
म कहाँ भुल्न सक्छु र ।

मेरो दाङ
मेरो बालापनलाईं सिंगार पटार गरेर
साँची राखेको रहेछौ ।
मेरो संगी र सखाका ताज़ा यादहरु
क्यानभासमा जस्तै सुरक्षित राखेको रहेछौ।

मेरो दाङ
तिमीमा म,
मेरो पुर्खाको पौरख देख्छु ।
तिमीमा म मेरो संततीक़ो गौरव देख्छु ।
अनी मेरी आमा र बाबाको प्रतिबिम्ब देख्छु ।

त्येसैले,
मेरो दाङ
तिमी प्रतिको कर्तव्य बोध गर्छु ।
बिगतका हरेक़ यादगार पलहरूलाइ
यौटा सृजनाको स्वरूप दिन चाहान्छु ।
कतै सम्झिएका कतै बिर्सिएका
सम्बन्ध लाई समेट्न चाहान्छु ।
तिम्रो मालिन मुहारमा
कहिलै न अस्ताउने जून छर्न चहान्छु
अनि चाहान्छु
माटोसंग मुटु साट्न
मुटुसंग माटों साटन ।
दंगीशरण-३, हेकुली ( हाल नेपालंगज)

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित