गुमनाम किसान नेता सहिद गुम्रा थारु


दाङ, ६ साउन । कुनै समयमा दाङको बेलुवा बन्जारीमा न प्रहरी छिर्न सक्थ्यो न त नेपाली सेना । प्रहरी, सेना गाउँको वरिपरि पर्नासाथ त्यहाँका थारु किसानहरु उनिहरुलाई झम्टीहाल्थे । सोझा इमान्दार किसानहरु माथि जमिन्दारहरुले ज्यादती गर्न थालेपछि जमिन्दारको विरुद्धमा किसानहरु संगठित भएर किसान विद्रोह गरेकाथिए ।


उक्त विद्रोहलाई दबाउनका लागि जमिन्दारहरुले प्रशासनको बलमा प्रहरी, सेना परिचालन गरेकाथिए । तर, किसानहरु ती प्रहरी, सेनासंग कत्ति पनि नडगमागएर आफ्नो विद्रोहलाई निरन्तरता दिए । त्यसबेला किसान विद्रोह उत्कर्षमा पुगिसकेकोथियो । जुन विद्रोहले सिंगो देशको ध्यान त्यहि बेलुवा बंजारीमा थियो ।


प्रहरी, नेपाली सेना पेस्तोल, बन्दुक लिएर किसानको गाउँ छिर्न कोसिस गर्थे भने किसानहरु घरेलु हतियार भाला, खुकुरी, बर्छि लिएर गाउँछिर्ने प्रहरी र सेनालाई लखेट्थे । कहिले प्रहरी, सेनासंग त कहिले जमिन्दारसंग उनिहरुको घम्सा घम्सी चलिरहन्थ्यो । यसरी दाङ झण्दै १० बर्षसम्म लामो किसान आन्दोलनको संघर्ष भयो । जति बेला बेलुवा बंजारीमा किसान आन्दोलन उत्कर्षमा पुगिसकेकोथियो । त्यहि आन्दोलनमा सहिद भए, किसान नेता गुम्रा थारु ।


त्यसबेलाको चर्चित नाम हो गुम्रा थारु । अहिले गुमनाम छ, गुम्रा थारु । यदपी किसानहरुले भने आफ्नो प्रिय नेता गुम्रा थारुको योगदान भुलेका छैनन् । गुम्रा थारुको नाम अहिले पनि किसानहरुको मुख–मुखमा अहिले झुन्डिएको छ, तथापी जुनबेला किसान आन्दोलनको अगुवाई गरेकोथियो तत्कालिन नेपालक कम्युनिष्ट पार्टी र किसान संघले अहिले उनको स्मृति दिवसको दिन बाहेक अरुदिन खासै संझेको पाइदैन । जसरी उनको चर्चापरिचर्चा र सम्मान हुनुपर्ने हो त्यो हुन सकेको छैन ।


सहीद थारुका सहकर्मी तत्कालिन नेपाल कम्युनिष्ट पार्टी दाङका संस्थापक सचिव नारायणप्रसाद शर्माले किसान आन्दोलनकै जगमा आजको राजनीतिक परिवर्तन भएको बताएकाछन् । तर त्यहि सहिदहरुलाई भुल्नु उनिहरुको सम्मान नगर्नु ठूलो अपमान हो, उनले भने, किसानकै संघर्षको बलमा लोकतान्त्रिक गणतन्त्र आयो तर किसानहरुको घरमा लोकतन्त्रको घाम लागेको छैन ।
२००७ सालमा जसको जोत उसको पोतको नारासहित किसान आन्दोलन थालेको कांग्रेसले केही बर्षमै एजेण्डा बिर्सेजस्तै अहिले नेपालका कम्युनिष्ट पार्टीहरुले पनि आफूलाई समाजवादी दलको रुपमा स्थापित गर्न नसकेको गुनासो गरे । पछिल्लो समयमा पुराना त्यागी नेता कार्यकर्ता र सहिदहरुलाई बिर्सदा कम्युनिष्ट ब्यवस्था ढलेको आभाष भएको बताउदै शर्माले नेपालमा पनि मुखले कम्युनिष्ट हौं भन्ने तर ब्यवहारमा सामान्ती सोंच र पूँजीवादी चिन्तन कायम राख्ने हो भने समाजवाद संभव नभएको बताए ।


कसरी भएको थियो घट्ना
तत्कालिन नेपाल कम्युनिष्ट पार्टी दाङका संस्थापक सचिव नारायणप्रसाद शर्माको अनुसार दाङमा जमिन्दारहरुको विरुद्धमा ठुलाठुलो किसान आन्दोलन भएकोथियो । किसान संघको अगुवाइमा झण्डै १० बर्षसम्म भएको किसान आन्दोलन उत्कर्षमा पुगेकोथियो । सोहि आन्दोलनकै क्रममा २०१७ साउन ६ गतेकादिन जमिन्दारहरुले बर्षातको समयमा खेत जोत्न नदिएपछि जबरजस्त रुपमा किसानहरु खेतमा गएर खेत जोत्दै थिए । जमिन्दार र प्रहरीले रोक्न खोज्दखोज्दै पनि खेतमा हलो जोतिरहेपछि गुम्रा थारु माथि जमिन्दारले प्रहरीलाई गोली चलाउन आदेश दिए । र लगत्तै प्रहरीले गुम्रा थारु माथि गोली चलाए । प्रहरीले गोली चलाउन थालेपछि गुम्रा थारुले पनि आफ्नो कम्मरमा झुन्डाएको हसियाले प्रतिकार पनि गरे तर, बन्दुकको नालमा उनको हसियाले केही प्रतिकार गर्न सकेनन् । अन्ततः उनलाई प्रहरीले गोली हानी हत्या गर्यो र त्यहिँ जोत्दाजोड्दै गुम्रा थारु खेतमै ढले ।


गुम्राहमा गुम्राको शालिक

गुम्रा थारुलाई सहिद घोषणा गरेपछि घोराहीको ट्राफिक कार्यालयको करिब १०० मिटर पश्च्मि उत्तर साइदमा उनको शालिक राखिएको छ । त्यस ठाउँलाई घोराही उपमहानगरपालिकाले गुम्रा चोक नामांकरणा त गरेकाे छ तर, उक्त ठाउँलाई धेरैले ट्राफिक चोक र घोडा चाेक भनेर भन्ने गर्दछन् । जहाँ गुम्राको शालिक नै देखिन्न र भनुन्, अनि चिनुन् पनि कसरी गुम्रा चोक । जुन ठाउँमा गुम्राको शालिक राखिनुपर्ने हो त्यो ठाउँमा घोडाको प्रतिमा राखिएको छ । जहाँ गुम्राको शालिक छ त्यहा फोहोरको थुप्रो लाग्छ र वरिपरी अटोहरुको पार्कीङ हुन्छ । अनि हुने त भयो गुम्राहमा गुम्रा चोक ।

को हुन्, गुम्रा थारु


तत्कालिन लक्ष्मीपुर हाल घोराही उपमहानगरपालिका वडा नं. ३ बेलुवाका कालुराम थारूका माइला छाेरा हुन् गुम्रा थारू । उनकाे जन्म १९८२ मा भएकाे हाे । किसान संघ सदस्य समेत रहेका गुम्रा थारु निकै सोझा, इमान्दार र लगनशील थिए । उनि सामन्य लेखपढ गर्नसक्ने तर निकै चलाख निडर थिए । किसानहरुको पक्षमा सशक्त आवाज उठाउने क्रान्तिकारी किसान याेद्दा थिए । कम्युनिष्ट पार्टीका किसान नेता बयवटुवाका ढाँटु चौधरी, गैरागाउँका मोतिलाल चौधरी, बर्गद्दिका नेता नारायाणप्रसाद शर्मा, मणिकलाल गाैतम, मानवहादुर, फुलपाति, चुके, पिठु, बहादुर, क्रिमलाल, ऋृषि अशाेक चाैधरी लगायत नेताहरुसंगसंगै गाउँ गाउँ किसानहरुलाई संगठित बनाउने काम गर्थे । किसानको पक्षमा संघर्ष गर्दागर्देै ३५ वर्षको उमेरमा सहिद भएका थिए ।

गोचाली पत्रिका र गुम्रा थारुका बारेमा प्रकाशन भएका विभिन्न समाग्रीहरुको आधारमा तयार पारिएको हो ।

सन्तोष दहित

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित