नेकपाकी सचेतक चौधरीलाई कोरोना

घोराही, २० असोज । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संघीय संसदीय दलकी सचेतक शान्ता चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार गरिएको पीसीआर परीक्षणमा चौधरीलाई संक्रमण पुष्टि भएको उनको सचिवालयले जनाएको छ । सचेतक चाैधरीलाइ हल्का ज्वरो, रुघा–खोकी र स्वाश फेर्न समस्या जस्ता लक्षण देखिएपछि पिसिआर जाँच गराउदा कोरोना देखिएकाे हाे । आफुमा काेराेना संक्रमण देखिएपछि चौधरीले सामाजिक संजाल मार्फत आफुमा कोरोना पुष्टि भएको जानकारी गराएकी हुन ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भनेकिछिन – ‘हिजोको पिसिआर परीक्षणले ममा कोरोना पोजिटिभ देखियो । यसबीचमा मेरो सम्पर्कमा रहनुभएका सबै साथीहरु एवं महानुभावहरुले पिसिआर गरि सावधानी अपनाउनु हुन हार्दिक अनुरोध गर्दछु ।’

कोरोना संक्रमण भएपछि आफुले डाक्टरसँग परामर्श लिई रहेको चौधरीले जानकारी दिइन् ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित