चट्याङ लागेर दाङमा दुईको मृत्यु‚ ९ घाइते

दाङको घोराही उपमहानगरपालिका-१२ गुरौ गाउँमा चट्याङ लागेर दुई जनाको मृत्यु र १२ जना घाइते भएका छन्।

तीजको अवसरमा गुरौ गाउँको सालडाँडामा भेला भएर नाचगान गरिरहेका वेला मंगलबार राति ११ बजे चट्याङले लागेर दुई जनाको मृत्यु भएको र ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी राजनकुमार गौतमले जानकारी दिए। उनका अनुसार‚ १६ वर्षीया दीपा घर्ती र १९ वर्षीया मोनिषा साहको मृत्यु भएको छ।

घाइतेमध्ये ४ जना मध्यम घाइते र अन्य ५ जनाको अवस्था सामान्य रहेको डीएसपी गौतमले जानकारी दिए। उनका अनुसार घाइते हुनेमा १५ बर्षिया निरुता शाह, १५ वर्षिया जयन्ति घर्ती, १६ वर्षिया यामुसरी थापा र ३८ वर्षिया यम कुमारी शाह रहेका छन् । त्यस्तै सोहि ठाउकै १४ वर्षिया अन्जना घर्ती ३८ की बेलकुमारी घर्ती, १५ वर्षिया साबित्रा वली, ४२ वर्षिया मनकुमारी वली र ४ बर्षिया जेनिशा शाह सामान्य घाइते रहेको डिएसपी गौतमले बताए ।

मध्यम घाईतेहेरू लाई अहिले डोकोमा राखी उपचारका लागी ल्याउदै उनले जानकारी दिए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित