देउखुरीको समग्र विकासको लागि आफु लागि पर्ने : सांसद चौधरी

शिवु खनाल
देउखुरी, १३ असोज । प्रतिनीधि सभा सदस्य मेटमणी चौधरीले समग्र देउखुरीको विकासको लागि आफु लागि पर्ने बताएकाछन् । दाङको लमही नगरपालिका वडा नम्बर ८ असानी स्थित प्राथमिक विद्यालयको नव निर्मित तीन कोठे पक्की भवनको उद्घाटन गर्दै चौधरीले यस्तो कुरा बताएका हुन ।

दाङ क्षेत्र नं. १ बाट प्रत्यक्ष निर्वाचित समेत रहेका सांसद चौधरीले समग्र देउखुरीको विकास संगै यहाँका जनताको जीवन स्तरमा परिवर्तन ल्याउनका लागि नेकपाको सरकार लागि परेको बताएकाथिए । देउखुरीको समग्र विकासका लागि संघीय सरकारबाट बजेट विनियोजन गरि सुखि र समृद्ध गाउँको रूपमा विकास गर्ने चौधरीले बताए । आफ्नो क्षेत्रमा रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयको समस्या सुधार गर्ने र गुणस्तरीय शिक्षा प्रदान गर्न आफु लागि पर्ने समेत प्रतिवद्धता व्यक्त गरेकाथिए । सांसद चौधरीकै पहलमा निर्वाचन पूर्वाधार विकास कोषबाट विनियोजित दशलाख बजेटबाट उक्त तीन कोठे भवन निर्माण भएको थियो । यसैगरि कार्यक्रममा लमही नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष मेगनारायण चौधरीले शिक्षा क्षेत्रमा दिगो रूपमा विकास गर्न जरूरी रहेको बताएकाथिए ।

प्राथमिक विद्यालय असानी व्यवस्थापन समितिका अध्यक्ष धनिराम चौधरीको अध्यक्षता एवं संघीय संसद मेटमणी चौधरीको प्रमुख अथितिमा सम्पन्न कार्यक्रममा दाङ जिल्ला कमिटीका सचिवालय संयोगक मिना गुरूङ, दाङ जिल्ला कमिटी सदस्य रतनकुमार केसी, दाङ जिल्ला कमिटी सदस्य पवन रिजाल, वडा सदस्य गणेश चौधरी, युवा नेता मोहम्मत याकुप, लमही नगर कमिटी सदस्य विन्तिराम चौधरी लगायतले बोलेकाथिए । प्राथमिक विद्यालय असानीका प्रधानध्यापक खमानसिंह खड्काको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण भानु जोशिले गरेकाथिए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित