प्रदेश ५ को स्थायी राजधानी भालुवाङ, दुई तिहाई मतले पास

घोराही, २० असोज, । प्रदेश ५ को स्थायी राजधानी भालुवाङ बनाउने प्रस्ताव प्रदेशसभाबाट पास भएको छ । मंगलबार प्रदेशसभामा भएको मतदानमा दाङको भालुवाङलाई राजधानी बनाउने प्रस्ताव दुई तिहाई बहुमतले पास भएको हो ।

प्रस्तावको पक्षमा ६९ मत परेको थियो । यो प्रदेशसभाको दुई तिहाई बहुमत हो । प्रस्तावको विपक्षमा १३ मत परेकोथियो ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित