नवनिर्वाचित वडा अध्यक्ष डाँगीद्धारा सपथ तथा पदभार ग्रहण

घोराही, १८ मंसिर । घोराही उपमहानगरपालिका वडा नम्बर १६ का नवनिर्वाचित अध्यक्ष ताराबहादुर डाँगीले पद तथा गोपनियताको सपथ ग्रहण गरेकाछन् । नव निर्वाचित वडा अध्यक्ष डाँगीलाई नगरका कार्यबहाक प्रमुख सीता सिग्देल न्यौपानेले पद तथा गोपनियताको सपथ ग्रहण गराएकिथिइन ।

वडा नम्बर १६ का नवनिर्वाचित अध्यक्ष डाँगीलाई कार्यबहाक प्रमुख न्यौपाने, प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसी, वडा अध्यक्ष एवं कार्य पालिकाका सदस्यहरुले टिका र माला लगाएर स्वागत एवं बधाई ज्ञापन गरेकाथिए । कार्यक्रममा नव निर्वाचित अध्यक्ष डाँगीले वडाबासीको मन जित्ने गरी समन्वय र सहकार्यबाट काम गर्ने प्रतिबद्धता जनाएकाथिए । सच्चा जनप्रतिनिधीकोरुपमा आफुले काम गर्ने भन्दै सबैबाट सहयोगको पनि अपेक्षा गरेको उल्लेख गरेकाथिए । नगरका कार्यबहाक प्रमुख न्यौपानेले बधाई ज्ञापन गर्दै वडाबासीको मन जितेर विकासमा लाग्न र सहकार्यबाटै कार्य सम्पादनलाई अघि बढाउन आग्रह गरेकिथिइन् । कार्यक्रममा नगरका प्रबक्ता भरतमणि अर्यालले कार्य सम्पादनमा राजनिति आग्रह पूर्बाग्रह जनप्रतिनिधिहरुमा हुन नहुने भन्दै सहकार्य गरेर नगरको विकासका लाग्नेमा जोड दिएकाथिए ।

साथै नवनिर्वाचित वडा अध्यक्ष डाँगीले वडा कार्यालयमा पुगेर कार्यभार समेत ग्रहण गरेकाथिए । गतबर्ष वडा अध्यक्ष लछिनप्रसाद बुढा मगरको विरामीका कारण निधन भएपछि यही मंसिर १४ गते भएको उपनिर्वाचनबाट डाँगी अध्यक्षमा निर्वाचित भएकाथिए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित