यो सरकार मुक्त कमलरीहरुको होः सांसद चौधरी

घोराही, ६ कार्तिक । नेकपाका केन्द्रीय सदस्य एवं संघिय सांसद मेटमणि चौधरीले यो सरकार नेकपाको मात्र नभई, मुक्त कमलरी, श्रमजीवि, सर्वहारा बर्गहरुको सरकार भएको बताएकाछन् । बुधबार घोराहीमा आयोजित मुक्त कमलरी विकास मञ्चको ९ औं साधारणसभा एवम् चौथो केन्द्रीय अधिवेशनको उद्घाटन गर्दै चौधरीले यस्तो कुरा बताएकाहुन् । उनले भने,-‘नेकपा पार्टी भनेको कमैया, कम्लरी, श्रमजीवि, पछाडि पारिएको बर्ग, समुदायको नेतृत्व गर्ने पार्टी हो ।’

यहि बर्ग र समुदायको नेतृत्व गर्ने पार्टीले अहिले देशको सरकार चलाइरहेको बताउदै चौधरीले अबको तीन बर्ष भित्र मुक्त कमलरी, मुक्त कमैया, भुमहिन, सुकुमबासीहरुको सबै खालको समस्या समाधान हुने दाबी गरे । बिगतमा मुक्त कमलरी, मुक्त कमैया, भुमहिन, सुकुमबासी लगायत सिमान्तकृत समुदायको पक्षमा लामो समयदेखि संघर्ष गर्दै आएको र विगतमा कम्युनिष्ट पार्टीको नेतृत्वमा भएको सरकारले धेरै काम गरिसेकेको बताएकाथिए ।  उनले यी समुदायको सबै खालको समस्या समाधन अन्त्य गर्नकालागि अहिलेको सरकारले विशेष आफ्नो नीति कार्यक्रममा ल्याएको बताए ।

मुक्त कमलहरीहरुको निशुल्क शिक्षा, स्वास्थ्यको जिम्मा त यो सरकारले लिने नै भयो, उनले भने,-‘मुक्त कमलरीहरुको सीप र दक्षताको आधारमा रोजगारीको जिम्मा पनि यो सरकारले लिन्छ ।’ मुक्त कमलहरीहरुले भोग्दै आएको परिचय पत्रको समस्या र सरकार र मुक्त कमलरीहरुको विच भएको  १० वुदे समहमतिलाई कार्यान्वयन गर्नको लागि आफुले  पहल गर्ने चौधरीले बताएकाथिए । नेपाल सरकारले लिएको सुखी नेपाली समृद्ध नेपालको नारा पुरा गर्नको लागि पनि कमलहरीहरुको समस्या चाडो समाधान गर्नका लागि लागि परेको उनको भनाइथियो ।

 मुक्त कम्लरी विकास मंचकी केन्द्रीय अध्यक्ष सुनिता चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रसासन कार्यालयका दाङ सहायक प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसी, जिल्ला शिक्षा समन्वय इकाई शाखाका देवमणी चौधरी, युथ फाउण्डेशनका संयोजक मानबहादुर क्षेत्री, एफकेडिएफका कानुनी सल्लाहकार फकला थारु, बरिष्ठ पत्रकार शरद अधिकारी, थारु पत्रकार संघका केन्द्रिय अध्यक्ष सन्तोष दहित, नागरिक समाजका संयोजक चन्दराज पन्त, बेस नेपालका सचिव रुपलाल चौधरी, मुक्त कमैयाका मनिराम चौधरी लगायतले कमलरी मुक्तीको अभियानलाई सवैको सहयोगले सफल भएको बताएकाथिए । मुक्त कमलहरी विकास मञ्च उपाध्यक्ष दिलकुमारी चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सुजाता चौधरीले गरेकी थिइन् ।

स्नातक तहमा उर्तिण गर्ने ११ मुक्त कम्लरीहरुलाई सम्मान
यसैविच स्नातक तहमा उत्तिर्ण गरेको भन्दै विष्णु चौधरी सहित ११ जना मुक्त कम्लरीहरुलाई सम्मान गरिएको छ । उनिहरुलाई कार्यक्रमका प्रमुख अतिथि संघीय सांसद मेटमणि चौधरी र मुक्त कमलरी विकास मंचको केन्द्रीय अध्यक्ष सुनिता चौधरीले माला र दोसल्लाले सम्मान गरेकाथिए ।


यसरी सम्मानित हुनेमा विष्णु चौधरी (दाङ), अनिता चौधरी (कैलाली), रिमा चौधरी (कैलाली), हिरा चौधरी (कैलाली), समिता चौधरी (कैलाली), जोशिना चौधरी (बर्दिया), लक्ष्मी चौधरी (दाङ), सम्झना चौधरी (दाङ), सुशिला चौधरी (दाङ), सरस्वति चौधरी (दाङ), सुलोचना चौधरी (दाङ) रहेकाछन् । कम्लरीबाट मुक्त भएपछि १८ जना मुक्त कम्लरीहरु स्नातक तहको उत्तिर्ण गरेकाछन्, दाङ निवासी बिष्णु चौधरी भने स्नाकोत्तर गरिसकेकिछिन् ।
१८ जना मध्ये कार्यक्रममा उपस्थित भएकाहरुलाई सम्मान गरिएको नायफ नेपालका कार्यक्रम अधिकृत विनोद कडाराले जानकारी दिए । कार्यक्रममा उपस्थित हुन नसकेका अन्य बहिनीहरुलाई अर्काे कार्यक्रममा सम्मान गरिने कार्यक्रम रहेको उनले जानकारी दिए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित