चाैतारीले दाङकाे तीन वटै निर्वाचन क्षेत्रमा सञ्चार डेस्क स्थापना गर्ने

प्रेस चाैतारी नेपाल दाङ शाखाले तीन वटै निर्वाचन क्षेत्रमा सञ्चार डेस्क स्थापना गर्ने भएको छ ।
२ नम्बर निर्वाचन क्षेत्रमा स्थापना भइसकेकाे छ भने १ नम्बर ३ नम्बर क्षेत्रमा स्थापनाकाे तयारी अन्तिम चरणमा पुगेकाे जिल्ला सचिव किरण गाैतमले जानकारी दिनु दिए । यसैबिच शनिबार क्षेत्र नम्बर १ स्तरिय बैठक लमहीमा सम्पन्न भएको छ ।
चाैतारी दाङका अध्यक्ष तथा नेकपा एमाले केन्द्रीय लेखा अायाेग सदस्य रेवतीरमण शर्माकाे प्रमुख अातिथ्यतामा सम्पन्न बैठकलाई सम्बाेधन गर्दै चुनावी प्रचारलाई व्यापक बजाउन निर्देशन दिएका थिए ।
बैठकमा प्रदेश सभा सदस्य उम्मेदवार गंगाराम भट्टराई, कुलबहादुर केसीले सम्बाेधन गरेकाथिए । कार्यक्रममा चाैतारीका केन्द्रीय सदस्य सन्तोष दहित, सन्ताेषकुमार गुप्ता, प्रदेश उपाध्यक्ष दशरथ घिमिरे, सल्लाहकार जेएन सागर लगायतकाे उपस्थिति रहेकाे थियाे । बैठककाे सहजिकरण सचिव किरण गाैतमले गरेकाथिए।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित