दंगीशरण १, कालीतरामा झोलुंगे पुलको शिलान्यास

दंगीशरण, १ पौष । दंगीशरण गाउँपालिका वडा न.–१, कालीतरामा निर्माण हुने आमखोलाघाट मलई खोलामा झोलुंगे पुलको मंगलबार शिलान्यास गरिएको छ । मंगलबार प्रदेश सभा सदस्य धमकली चौधरी र दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले संयुक्त रुपमा पुलको शिलान्यास गरेका हुन् । शिलान्यास कार्यक्रममा बोल्दै सांसद धमकली चौधरीले विकाश निर्माणमा अहिलेको सरकार लागि परेको बताएकिथिइन । समृद्ध नेपाल सुखि नेपाली बनाउनका लागि लागि परेको बताउदै यहि अभियानलाई सफल बनाउनका लागि अहिले विभिन्न संघसस्ंथाहरु लागिपरेको बताईन् ।


यसैगरि दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले दंगीशरण वडा न. १ का बासीका लागि खुसीको कुरा भएको भन्दै सेवा प्रस्थान नेपाललाई धन्यवाद ब्यक्त गरे । सो अवसरमा अध्यक्ष चौधरीले बर्सौ देखि बर्खायाममा बाढिको समस्याबाट ग्रसीत भएका वडाबासीहरुलाई अव सहज हुने भन्दै विकास निर्माणमा हरेक क्षेत्रबाट सहकार्यको आवश्यक रहेको बताए । सेवा प्रस्थान नेपालको करीव २६ लाखको लागतमा ३२ मिटर लम्बाई रहेको झोलुंगे पुल निर्माण हुन लागेको उपभोक्ता समितीका सचिव चन्द्रकला भण्डारीले जानकारी दिईन् । पुल निर्माण पछि दंगीशरण र शान्तीनगर गाउँपालीका जोडिनुका साथै आम नागरिकलाई सहज हुनेछ ।

दिप्तीशिखा चौधरी

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित