तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गत दाङ क्षेत्र नं १ मा १२ योजनका लागि २ करोड ७४ लाख

काठमाण्डौ, २० जेठ । तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गत दाङ निर्वाचन क्षेत्र नं १ मा विभिन्न १२ योजनाको लागि २ करोड ७४ लाखको बजेट विनियोजन गरिएको छ ।

तराइ मेधश समृद्धि कार्यक्रम अन्तर्गत आ. व. ०७७/०७८ को लागि उक्त उक्त बजेट विनियोजन गरिएको दाङ क्षेत्र नं. १ का प्रतिनीधि सभा सदस्य मेटमणी चौधरीले जानकारी दिए । उनले आफ्नो पहलमा यो योजना पार्न सफल भएको बताए ।

उनका अनुसार घोराही उपमहानगरपालिका वडा नं.५, नैनावारमा अधुरो थारू सामुदायिक भवन निर्माणको लागी २५ लाख, घोराही २ मा श्री बालहित प्राबि भवन निर्माण का लागि २५ लाख, गढवा गाउँपालिका वडा नं. ३ माबि गोबर्डिहा जाने सडक स्तरउन्नति का लागि, ३० लाख, गढवा १ जनता माबि कालाकाँटे भवन निर्माणका लागि ३० लाख, गढवा गाँउपालिकामा तालिमको लागि ७ लाख रकम छुत्याइएकाे छ ।

त्यसैगरि राजपुर गाउँपालिका वडा नं. ६ प्राबि गौरिया नाका भवन निर्माण का लागि २५ लाख, राजपुर ७ आधारभुत स्वास्थ्य इकाइको प्रस्तुति गृह निर्माणका लागि २५ लाख, राप्ती गाउँपालिका वडा नं. २ र ३ जोड्ने लालमटिया देखि खुरहुरिया जाने सडक स्तरउन्नतिको लागि ३० लाख, राप्ती गाउँपालिका वडा नं. ७ छोटकि सिसहनियामा थारू सामुदायिक भवन निर्माणका लागि २५ लाख, थारू साँस्कृतिक सँग्राहलय राप्ती ६, बगरापुरमा २५ लाख, महिलाको लागि थारू परम्पराका सामग्रि तालिमका लागि २ लाखर दलित सचेतना अभियान, लमहि ५ का लागि, २५ लाख रकम छुत्याइएकाे हाे ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर १ गते दाङको घोराहीबाट स्थापना भएको यस पत्रिकाले थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनलाई मुख्य उद्देश्य बनाउँदै आएको छ। स्थापनाकालदेखि निरन्तर प्रकाशन हुँदै आएको अग्रासनले थारू समुदायका भाषा, संस्कृति, परम्परा, अधिकार तथा समसामयिक विषयलाई प्राथमिकताका साथ उठाउँदै आएको छ।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित