तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गत दाङ क्षेत्र नं १ मा १२ योजनका लागि २ करोड ७४ लाख

काठमाण्डौ, २० जेठ । तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गत दाङ निर्वाचन क्षेत्र नं १ मा विभिन्न १२ योजनाको लागि २ करोड ७४ लाखको बजेट विनियोजन गरिएको छ ।

तराइ मेधश समृद्धि कार्यक्रम अन्तर्गत आ. व. ०७७/०७८ को लागि उक्त उक्त बजेट विनियोजन गरिएको दाङ क्षेत्र नं. १ का प्रतिनीधि सभा सदस्य मेटमणी चौधरीले जानकारी दिए । उनले आफ्नो पहलमा यो योजना पार्न सफल भएको बताए ।

उनका अनुसार घोराही उपमहानगरपालिका वडा नं.५, नैनावारमा अधुरो थारू सामुदायिक भवन निर्माणको लागी २५ लाख, घोराही २ मा श्री बालहित प्राबि भवन निर्माण का लागि २५ लाख, गढवा गाउँपालिका वडा नं. ३ माबि गोबर्डिहा जाने सडक स्तरउन्नति का लागि, ३० लाख, गढवा १ जनता माबि कालाकाँटे भवन निर्माणका लागि ३० लाख, गढवा गाँउपालिकामा तालिमको लागि ७ लाख रकम छुत्याइएकाे छ ।

त्यसैगरि राजपुर गाउँपालिका वडा नं. ६ प्राबि गौरिया नाका भवन निर्माण का लागि २५ लाख, राजपुर ७ आधारभुत स्वास्थ्य इकाइको प्रस्तुति गृह निर्माणका लागि २५ लाख, राप्ती गाउँपालिका वडा नं. २ र ३ जोड्ने लालमटिया देखि खुरहुरिया जाने सडक स्तरउन्नतिको लागि ३० लाख, राप्ती गाउँपालिका वडा नं. ७ छोटकि सिसहनियामा थारू सामुदायिक भवन निर्माणका लागि २५ लाख, थारू साँस्कृतिक सँग्राहलय राप्ती ६, बगरापुरमा २५ लाख, महिलाको लागि थारू परम्पराका सामग्रि तालिमका लागि २ लाखर दलित सचेतना अभियान, लमहि ५ का लागि, २५ लाख रकम छुत्याइएकाे हाे ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित