एकैदिनमा ४३५ जनामा कोरोना संक्रमण

काठमाडौं । एकै दिनमा थप ४३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

६ हजार ७१५ जनाको पीसीआर परीक्षण गर्दा ३७० जना र ३ हजार ५५२ एन्टिजेन परीक्षण गर्दा ६५ जना संक्रमण पुष्टि भएको हो । यसैविच पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २३९ रहेको मन्त्रालयले जनाएको छ ।

बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २६ हजार ३८५ पुगेको छ भने ८ लाख १३ हजार १७६ जना संक्रमणमुक्त भएका छन् ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित