उपमेयर हुमा डिसीलाई सञ्जालद्धारा सम्मान

घोराही उपमहानगरपालिकाकी उपमेयर हुमा डिसीलाई खाद्य अधिकार सन्जाल दाङद्धारा सम्मान गरिएको छ ।

संजालकी अध्यक्ष समेत रहेकी डिसीलाई घोराही उपमहानगरपालिकाको उपमेयरमा निर्वाचित भएपछि खाद्य अधिकार सन्जाल दाङ र फियान नेपालले संयुक्तमा कार्यक्रम आयोजना गरेर सम्मान तथा बधाई दिएको हो । कार्यक्रममा उपमेयर डिसीले सबैको साथ सहयोगमा काम गर्ने बताइन् । सबै समुदायको काम गर्नका लागि आफुले भुमिका खेल्ने समेत प्रतिवद्धता व्यक्त गरिन् ।

कार्यक्रममा फियान नेपालका लुम्बिनी प्रदेश संयोजन शुरेस गौतमले खाद्य अधिकारको क्षेत्रमा काम गरेर जनताको सुख दुख बुझेर नेतृत्वमा पुग्नु भएका उपमेयरले सबैको हितमा काम गर्ने विश्वास व्यक्त गरे ।

खाद्य अधिकार संजाल दाङका सचीव सन्तोष दहितको अध्यक्षतामा भएको कार्यक्रममा मानव कल्याणका भरतराज देबकोटा, केशवकुमार शर्मा, सिसाका साजिदा सिद्दिकी, कुसुन्डा समाजका केन्द्रीय अध्यक्ष धनबहादुर कुसुन्डा लगायतले शुभकामना दिएकाथिए। कार्यक्रमको सहजीकरण संजालको महासचिव मौसम आचार्यले गरेकाथिए ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर १ गते दाङको घोराहीबाट स्थापना भएको यस पत्रिकाले थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनलाई मुख्य उद्देश्य बनाउँदै आएको छ। स्थापनाकालदेखि निरन्तर प्रकाशन हुँदै आएको अग्रासनले थारू समुदायका भाषा, संस्कृति, परम्परा, अधिकार तथा समसामयिक विषयलाई प्राथमिकताका साथ उठाउँदै आएको छ।
प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित