उपमेयर हुमा डिसीलाई सञ्जालद्धारा सम्मान

घोराही उपमहानगरपालिकाकी उपमेयर हुमा डिसीलाई खाद्य अधिकार सन्जाल दाङद्धारा सम्मान गरिएको छ ।

संजालकी अध्यक्ष समेत रहेकी डिसीलाई घोराही उपमहानगरपालिकाको उपमेयरमा निर्वाचित भएपछि खाद्य अधिकार सन्जाल दाङ र फियान नेपालले संयुक्तमा कार्यक्रम आयोजना गरेर सम्मान तथा बधाई दिएको हो । कार्यक्रममा उपमेयर डिसीले सबैको साथ सहयोगमा काम गर्ने बताइन् । सबै समुदायको काम गर्नका लागि आफुले भुमिका खेल्ने समेत प्रतिवद्धता व्यक्त गरिन् ।

कार्यक्रममा फियान नेपालका लुम्बिनी प्रदेश संयोजन शुरेस गौतमले खाद्य अधिकारको क्षेत्रमा काम गरेर जनताको सुख दुख बुझेर नेतृत्वमा पुग्नु भएका उपमेयरले सबैको हितमा काम गर्ने विश्वास व्यक्त गरे ।

खाद्य अधिकार संजाल दाङका सचीव सन्तोष दहितको अध्यक्षतामा भएको कार्यक्रममा मानव कल्याणका भरतराज देबकोटा, केशवकुमार शर्मा, सिसाका साजिदा सिद्दिकी, कुसुन्डा समाजका केन्द्रीय अध्यक्ष धनबहादुर कुसुन्डा लगायतले शुभकामना दिएकाथिए। कार्यक्रमको सहजीकरण संजालको महासचिव मौसम आचार्यले गरेकाथिए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित