फेरी थपिए ९ जना कोरोना संक्रमित, संक्रमितको संख्या ४५३ पुग्यो

घोराही, ८ जेठ । झापामा ८ र रुपेन्देहीमा १ गरि विहिबार फेरी थप ९ जनामा कोरोनो संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाको अनुसार झापामा ८ जना पुरुष र रुपन्देहीका १ पुरुषमा संक्रमण देखिएको हो । उनका अनुसार रुपन्देहीका २७ वर्षीय पुरुषमा हुन । त्यसैगरि झापाका १७ वर्षीय पुरुष, १८ वर्षीय दुई जना पुरुष, २० वर्षीय २ जना र २३, ५२ र ५५ वर्षका पुरुषमा संक्रमण देखिएको हो ।
उनीहरु सबै लक्ष्मी देवकोटा मावि क्‍वारेन्टाइन कचनकवल झापामा रहेका थिए ।

यो संगै नेपालमा संक्रमितको संख्या ४५३ पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये हालसम्म ४९ जना निको भएका छन् भने सिन्धुपाल्चोकमा एक र बाँकेमा एक, गुल्मीको एक गरी ३ जनाको मृत्यु भएको छ ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित