सेनेटरी प्याड बनाउन सिक्दै किशोरीहरु


दिप्तीशिखा चौधरी

दंगीशरण २७, भदौ । पृथ्वी जनता मा.वि. मा अध्ययन गर्ने सपना डांगी सेनेटरी प्याड बनाउँन सिक्दै थिईन् । उनलाई यो तालीम नौलो लाग्दै थियो । प्याड बनाउँने तालीम सिक्न पाउँदा खुसी लागेको उनले बताईन् । ‘किशोरीहरुका लागि महिना महिनामा चाहिने सेनेटरी प्याड किनेर साध्य छैन, तालिम सिके अव आफैँ बनाएर प्रयोग गर्न सक्छु–उनले भनिन् ।’


श्री जनता आधारभुत विद्यालय वुटनीयाकि पुजा चौधरीको अनुभव पनि उस्तै थियो । उनी आफुहरुका लागि चाहिने अत्यावश्यक सेनेटरी प्याड बनाउँन पाउँदा एकदमै खुसी लागेको बताईन् । अव आफु मात्र होईन साथीहरुलाई पनि प्याड बनाउँने तरिका सिकाउँने बताईन् । उनीहरु जस्तै तालिममा दंगीशरण भित्रका ७ वटा सामुदायिक बिद्यालयमा पढ्ने किशोरीहरुको सहभागिता रहेको थियो ।
उनीहरुले घरमा सधैँ प्रयोग गर्न सकिने र बाहिर हिड्दा प्रयोग गर्न सकिने भन्दै दुई थरीको प्याड बनाउँन सिके । यसले गर्दा प्याड किन्ने पैसाको बचत हुने बनीहरुले बताए । शिक्षीका गोमा कुमारी बुढाथोकिले अवका दिनमा यो तालिम बिद्यालयलाई केन्द्रित गरेर संचालन गर्नुपर्ने बताईन् । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले दंगीशरण भित्रका ३ वटा विद्यालयमा सेनेटरी प्याडको ब्यवस्था भएपनि अव यसलाई प्रमूख कार्यका रुपमा अगाडि बढाई बाकिँ १२ वटा बिद्यालयमा पनि यसको ब्यवस्था गर्नुपर्ने बताए । कुनै पनि काम थालनी गरेपछि त्यसलाई निरन्तरता दिन सम्बन्धित निकायलाई आग्रह गरे ।


सिड संस्था तुलसीपुर दाङको आयोजना एंव आई एम नेपालको सहयोगमा दंगीशरण गाउँपालिकामा संचालित २ दिने सेनेटरी प्याड निर्माण सम्बन्धि तालिम समापनका अवसरमा बाल्दै उनले स्वास्थ्य संग जोडिएका विषयहरुलाई गहन रुपले लिनुपर्ने भन्दै बिद्यालयमा पढ्ने किशोरीहरुलाई प्राकृतिक समस्याका कारण बिद्यालय छोड्ने वातावरणको सिर्जना हुन नदिन आ – आफनो क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्ने बताए । सो अवसरमा वडा न. १ का वडा अध्यक्ष श्रीप्रशाद चौधरी, स्वास्थ्य संयोजक दशरथ गिरी, हेकुली स्वास्थ्य चौकिका अहेव वासुदेव चौधरी, लगाएतले बोलेका थिए । सिड सस्ंथाकी सिता चौधरीको अध्यक्षता एंव गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीको प्रमूख आतीथ्यतामा तालीम समापन गरिएको थियो । तालिममा २० जना किशोरीहरुको सहभागिता रहेको थियो ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित